HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home विशेष लेख आहा ! भोटेकोशी स्वीङ

आहा ! भोटेकोशी स्वीङ

E-mail Print PDF
AddThis Social Bookmark Button
मनोज घर्तीमगर
 
 "हाइरुप्स खासमा भावनात्मक एकता दिने खेल रहेछ। अब स्वीङ भएकालाई हाइरुप्समा लिनुपर्छ।" आन्तरिक कोलाहलमा परेका राजनीतिक दलका नेताहरुलाई हाइरुप्स खेलाए त्यो अन्त्य हुने मन्त्री यमीको विश्वास छ। 

हल्का वर्षा जेठ लागे पनि चिसोचिसो छ मौसम। बिहानको साढे ६ बजेथ्यो होला। सिन्धुपाल्चोकका लागि काठमाडौंलाई बाईबाई गर्यौं।

काभ्रेका घुम्तीहरु अघिपछि मन्त्री सभासद् नेता र पत्रकारका गाडी हुँइकीए। काभ्रे सिन्धुपोल्चोकको सिमाना। इन्द्रावती नदीको किनारमा बसिरहेको दोलालघाटको खाजापछि गाडीहरु उत्तरतिर सोझिए।

भोटेकोशीको किनारैकिनार। अविराम हाम्रो यात्रा। पौने चार घण्टापछि बिहानको सवा १० भएको थियो भोटेकोशी नदीको किनारमा रहेको "द लास्ट रिसोर्ट" मा पुग्दा।

मन्त्रीज्यू र सभासद् नेताका गाडी अलिक अगाडि नै पुगीसकेका थियो। केके गर्दा आधा घण्टा बित्यो। भोटेकोशी नदि तल अविरल बगिरहेको छ। हामी १ सय ५० मिटर माथि रहेको पुलमा छौं। हाम्रै अघिपछि पुग्नीभएकी पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमी भने कम्मरमा डोरी बाँधेर तमतयार। तल हेर्दा मटु नै सिरिङ्ग गर्छ। पारी छेउँमा जोडिएको डोरी मन्त्री यमीको शरिरमा बाँधेको देखियो। पछाडीबाट कोहीं पँहेलो ड्रेसको मान्छेले धकेलीदियो।
 
एकै छिनमा मन्त्रीज्यू त भोटेकोशी नदिमाथि पिङ खेलेझैं डोरीमा झुण्डिनु भयो। मन्त्रीको पछि उहाँको निजी सचिव सामाना पनि झोलासहित त्यसैगरी हाम फाल्नुभयो त्यो उचाइको पुलबाट। हाम्रा पालो धन्यवादको भेषमा तालि बजाउनुमात्रै भयो।

पूरै स्वास प्रस्वास नै बन्द होलाजस्तो हुदोरहेछ "स्वीङ"। नदिमाथिको पुलबाट हाम फाल्ने यो खेल विश्वकै जोखिमपूण खेल मध्येकै एक हो। भोटेकोशी माथिबाट खेलिने स्वीङ र बन्जीजम्प। विश्वकै दोस्रो अग्लो उचाईमा रहेछ। बन्जी अलि सहज रहेछ स्वीङभन्दा। मन्त्री यमी भने बन्जी गरेको ठीक एक महिनापछि स्वीङ खेल्नुभयो। र उहाँ बन्नुभयो नेपालका मन्त्रीहरुका मध्ये स्वीङ र बन्जी खेल्ने पहिलो मन्त्री त्यसमा पनि महिला मन्त्री। त्यसैले पनि निकै बेर स्वागत गर्यौ उहाँको साहसिक कदमलाई।

पर्यटनमन्त्रालय अनि पर्यटन बोर्ड। नेपाल पर्यटन वर्ष २०११ लाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा व्यस्त छन्। विविध उपायको खोजी भैरहेका छन्। त्यसैलाई सहयोग पुर्याओस भन्ने योजना होलान सायद। पर्यटन वोर्डले मन्त्री सभासद् नेता पत्रकारलाई एकैचोटी द लास्ट रिसोर्ट पुर्याएको। जम्मैलाई खेलाडी बनाएर। मन्त्रालयको काममा व्यस्त हुने मन्त्री संविधान निर्माणमा व्यस्त सभासद् विद्यार्थी राजनीतिमा व्यस्त विद्यार्थी नेताहरु अनि पत्रकार खेलाडी भएर जेठ १ गते लास्ट रिसोर्ट पुग्यौं।

मन्त्रीज्यूको त्यो साहसिक खेलको स्वागत गर्दै हामी भोजनतिर लाग्यौं। खानाले उकुशमुकुश भईरहेको अवस्था। सायद उनीहरुलाई आलश्य पनि लागेथ्यो होला। तर हामीसँगै गएका नेता सभासद् कर्मचारीका शरिरै भरी डोरी बाँधिएको छ अनि टाउकोमा हेल्मेट। जङ्गलका ठूल्ठूला रुखहरुमा विभिन्न आइटममा कतै झुण्डीने कतै लर्किने कतै घर्किने कतै उडेझैं गर्नुपर्ने।

यसैगरी खेलिने नयाँ साहसिक खेल हाइरुप्स् लागि तमतयार भएकाहरु खेले खेल्न त तर थकाई असाध्यै लागेछ। आठजनाको समूह पूरै दुईघण्टा त्यहीं रुखहरुमा हाइरुप्स् खेल्दै बिताए। हेलरी स्टेपबाट शुरुवात हुने सो खेल नेपाली ट्याक्सी याक ट्रेडस्र इन्सेसेन्ट माउन्टेन फ्लाईट वागमति रिभर क्रस हनिहनिङ हुँदै हेलिकोप्टर रेस्क्यूमा गएर समाप्त हुने हुदो रहेछ। कोही साथीहरु त मान्छेले पूर्खा सम्झिएको भने। किनकी त्यो रुखमा डोरीहरु समात्दै खेल्नुपर्ने खेल थियो।

माओवादी सभासद् गोपी अछामी नेपाली जनता दलकी सभासद् गायत्री साह अखिल क्रान्तिकारीका कोषाध्यक्ष रमेश मल्ल नेविसङ्घका महामन्त्री मनोजमणी आचार्य अनेरास्ववियुकी केन्द्रीय सदस्य सिर्जना नेपाली नेपाल पर्यटन वर्ष २०११ का कोर्डिनेटर डा. ज्ञानेन्द्र तुलाधर मन्त्री यमीकी स्वकीय सचिव ईश्वर पौडेल निजी सचिव बेद खरेल र नेपाल एकेडेमि अफ टुरिजम एण्ड होटेल मेनेजमेण्टकी विद्यार्थी करुणा शर्मा थिए खेलाडि। रमाइलो थियो विभिन्न विपक्षी पार्टीका तर एक अर्कालाई सघाउँदै हाइरुपस खेलेका दृष्यहरु। कुनै सहयोगी नभए खेल असम्भव जसो देखिन्थ्यो पनि।

स्वीङ खेल्नेहरु बेहोसै भए होलान्जस्तो अनि हाइरुप्स् खेल्नेहरु खलखल पसिना झारेर हैरान। तर हामी दर्शकलाई भनै निकै रोमान्समा थियौ।

यी दुई साहसिक खेल त्यसमा भएका केहीं किर्तिमान आफैमा नयाँ थिए। त्यसमै अर्को नयाँ थपियो। पर्यटन मन्त्रालयले तय गरेको टुरिजम भिजन २०२० यहीं सार्वजनिक गर्यो। सन् २०२० को वर्षमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यकासाथ तय गरिएका टुरिजम भिजन भने मन्त्रीज्यूले पढेर सबै सुनाउन भ्याउनुभएन। कारण थियो वर्षा। "तपाईंहरु घरमा लिएर पढ्नुहोला है अहिलेलाई यत्ति गरौं" पत्रकार सम्मेलन समापन भएको घोषणा गर्न पनि धौ धौ पारिदियो वर्षाले।

वर्षा भयो लाग्यौं सबै पानी छल्न। त्यहीं अवसर मन्त्री यमीले खेल्नुभएको स्वीङको अनुभूति ल्याउने समय भयो। "मलाई निकै रमाइलो लाग्यो" मन्त्रीलाई स्वीङ र बन्जी उस्तै उस्तै लागेछ "तर बन्जी अझ बढी रमाइलो।" डर कति लाग्यो मन्त्री ज्यू "अहँ डर त पटक्कै लागेन" त्यो १६० मिटरको उचाईबाट हाम फालेका अनुभूति थिए उहाँका।

पर्यटन वर्ष २०११ का केहीं आधार तयार पार्नका लागि यसो गरिएका थिए। "पर्यटन वर्ष २०११ लाई आकर्षक पार्न र युवा शक्तिलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन दिनका लागि मैले यसो गरेकी हुँ" मन्त्रीको भनाई थियो।

हाइरुप्स् खासमा भावनात्मक एकता दिने खेल रहेछ। "अब स्वीङ भएकालाई हाइरुप्स्मा लिनुपर्छ" आन्तरिक कोलाहलमा परेका राजनीतिक दलका नेताहरुलाई हाइरुप्स् खेलाए त्यो अन्त्य हुने मन्त्री यमीका भनाई थिए।

मन्त्री यमीको अर्को प्रण थियो माओवादी अध्यक्ष प्रचण्डलाई स्वीङ खेलाउन भोटेकोशीको द लास्ट रिसोर्टमा पुर्याउने। "प्रधानमन्त्रीलाई पनि म यहाँ ल्याउने प्रयास गर्नेछु" मन्त्री भन्दै हुनुहुन्थ्यो।

यी साहसिक खेल १० वर्ष पहिले शुरु भएका कर्मचारीले बताए। शुरुमा बन्जीजम्प थालिएको केहीं वर्षपछि स्वीङ थालिएको हो। हाइरुप्स् त गएको मार्चबाट शुरु भएको रहेछ। नेपालीभन्दा बढी विदेशी आउँछन् यहाँ खेल खेल्न। नेपालीका लागि २५ सय रुपियाँ तिनुपर्ने स्वीङ तथा बन्जीजम्पका लागि विदेशी नागरिकले ५८ सय तिर्नुपर्ने हुन्छ। यसै बताए कर्मचारीहरु।

नेता सभासद्हरुले खेलेको हाइरुपसपछि स्वीङ गर्ने पालो साचारकर्मीको थियो। तम तयार हामी। तर दुर्भाग्य फेरि पनि वर्षा भयो। "आज स्वीङ नहुने भयो" कसैले भन्यो।

अर्को उपाय थिएन। "कुनै दिन फेरी आउनुहोला" उसैले थप्दा फेरी आशा जगाउँदै फर्कियौ द लास्ट रिसोर्टबाट।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)