HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख प्रधानसेनापति : कटवाल कि खड्का

प्रधानसेनापति : कटवाल कि खड्का

E-mail Print PDF
AddThis Social Bookmark Button
नरेश खपा‌गीमगर, काठमा‌डौ। 

राष्ट्रिय सेना नेपाली सेनाको प्रधानसेनापति को? खड्का कि कटवाल? नेपाली सेनाभित्र मात्र होइन देशभित्र र बाहिर पनि यो अन्यौलको तुवाँलो अझै फाट्न सकेको छैन।

सरकारबाट आइतबार बिहान कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका रथी कुलबहादुर खड्काले दुई दिन बितिसक्दा पनि पद बहाली गर्न र काम सम्हाल्न पाएका छैनन्। उता सरकारबाट आइतबार बिहान नै अवकास पाएका रुक्माङद कटवालले पनि प्रधानसेनापतिको कार्यकक्ष र झण्डा छोडेका छैनन्। राष्ट्रपति डा. रामवरण यादवको प्रधानसेनापति कै काम यथावत सम्हाल्नु भन्ने पत्र आइतबार राति पाएपछि त कटवाललाई सजीवनी बुटी नै मिलिहाल्यो।

राष्ट्रपतिको पत्रपछि पनि को प्रधानसेनापति भन्ने प्रश्नले उत्तर पाउन सकेको छैन। खड्कालाई अहिलेसम्म पनि कसैले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएको छैन। खड्काले भन्नुभयो "कायममुकायम प्रधानसेनापति मै हुँ तर मैले काम भने गरेको छैन।"

राष्ट्रपतिबाट कटवाललाई प्रधानसेनापतिको जिम्मेवारी पूर्ववत् सम्हाल्नु भन्ने पत्र आए पनि खड्कालाई कायममुकायम जिम्मेवारीबाट हटाइएको पत्र आएको छैन। खड्काले सोमबार साँझ थप्नुभयो "राष्ट्रपति कार्यालयबाट मलाई कुनै चिठ्ठी आएको छैन।"

उता नेपाली सेनाको प्रवक्ताको कार्यालयले भने प्रधानसेनापतिका बारेमा कुनै  द्विविधा नरहेको बताएको छ। कार्यालयका मेजर पंकज पाण्डेले भन्नुभयो "प्रधानसेनापतिका बारेमा कुनै अन्यौल छैन। महारथी रुक्माङद कटवाल प्रधानसेनापति हुनुहुन्छ।" पाण्डेले राष्ट्रपतिको पत्रको आधारमा कटवाल नेपाली सेनाको प्रधानसेनापति रहनुभएको र अरुलाई यथावत जिम्मेवारी दिइएको जानकारी दिनुभयो।

सरकारले एउटा राष्ट्रपतिले अर्को प्रधानसेनापति तोक्दा टाउको चाहिँ प्रिन्सपल स्टाफ अफिसर्स (पीएसओज) हरुलाई दुख्यो। सोमबार बिहानैदेखि बलाधिकृत रथी छत्रमानिसंह गुरुङको कार्यकक्षमा बसेको पीएसओजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म कुनै निर्णय गर्न सकेन। जब प्रधानमन्त्रीले राजीनामा दिए त्यसपछि भने पीएसओजलाई निर्णय लिन सजिलो भयो। स्रोतका अनुसार निर्वाचित सरकारले राजीनामा दिइसकेको अवस्थामा राष्ट्रपतिको निर्णय सदर गर्नु नै पीएसओजले उचित ठहर्यायो । बैठकको निर्णय कटवालका पक्षमा जाने भएपछि खड्का भने बैठक छाडी बाहिरिएका थिए।

खड्का र पीएसओजहरुको विवेकपूर्ण निर्णयका कारण सेनाभित्र शक्ति प्रयोगको अवस्था आउनबाट जोगियो। कटवालले खड्कालाई पक्राउ गर्ने खड्काले कटवाललाई जंगी अड्डा छिर्नै नदिने अवस्था आउन परेन। स्रोत भन्छ "खड्काले चाहेको भए कटवाललाई आइतबार बिहान जंगी अड्डा छिर्नै नदिन सक्थे। झण्डा खोस्न सक्थे।" तर खड्काले त्यसो गरेनन्। युनिटपतिहरुले पनि खड्का र कटवालाई उक्साउने थचार्ने काम गरेनन्।

कटवाल भने जंगी अड्डा छाडिहालेमा खड्काले छिर्न नदिने हुन् कि भन्ने त्रासले ग्रस्त रहे। स्रोतका अनुसार आइतबारको रात कटवालले जंगी अड्डामै गुजारे।

अहिले नेपाली सेनाका मातहतका अधिकारीहरुलाई भने कसको आदेश मान्ने भन्ने पीर छ। एक पृतनापतिले भने "सरकारले नियुक्त गरेकाको आदेश मान्ने कि राष्ट्रपतिले नियुक्त गरेकाको मान्ने" तर खड्काले काम नसम्हालेका कारण तत्कालै गाह्रै परिहाल्ने स्थिति चाहिँ छैन।

खड्का पनि अहिले आफूले के काम गर्ने पूर्ववत् बलाध्यक्षको काम गर्ने कि कायममुकायम प्रधानसेनापतिको काम गर्ने दोधारमा छन्। "सरकारले कायममुकायम प्रधानसेनापतिकै पोजिसनमा बसिराख्नु भनेको छ तर मैले काम भने गरेको छैन खड्काले" भने। अब बलाध्यक्षको काम गर्नुहुन्छ कि प्रधानसेनापतिको जवाफमा खड्काले भन्नुभयो "एक दुई दिन पर्खन्छु त्यसपछि के गर्ने निर्णय गरौँला।"

 
Comments (2)
Re.nepal goverment.
1 Tuesday, 05 May 2009 14:13
Mehar tamu gurung
Dear nepal goverment, i,am working in AFRICA. so,jun sarkarle rastra ko devlop garchha, uha lai nai sarkar ma esthabilis gariyos, pls,16 ghante loadseding banda garnus, ahile ko tulanama nepal singo rastra rubbish huna pugeko chha. thank you.
rastapati did wrong
2 Saturday, 23 May 2009 14:59
lalit
our political leader gave force 2 keep army chief in same post.although he was against neplies people in janaandolan 2.he have 2be punished those days. he is taking salary 4m government and working against nepal peace procees

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)