HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख मोबाइलका अँध्यारा पाटा

मोबाइलका अँध्यारा पाटा

E-mail Print PDF
AddThis Social Bookmark Button
चन्द्र खाकी

सहरिया जीवन पद्दतिको अभिन्न अङ्ग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार-प्रविधिको 'चमत्कारी खोज' मोबाइलले मानिसलाई आफूप्रति पूरै आश्रति र आशक्त पनि बनाइसकेको छ - यो नहुँदा जीवननै नचल्ला कि भन्ने हदसम्म ।

हुन पनि सञ्चारलाई अति नै सहज र छिटोछरितो बनाइदिएको छ मोबाइलले । निश्चित ठाउँमा टाक्सिएर बस्नुपर्ने ल्याण्डलाइन प्रविधिको विपरीत जहाँसुकै र जतिखेर पनि बोकेर हिँड्न मिल्छ मोबाइल । गल्लीदेखि सडकसम्म, घरदेखि घाटसम्म जतासुकै बोकेर लान मिल्ने र चाहनेबित्तिकै जतासुकै र जतिसुकैबेला पनि सम्पर्क गर्न सकिने साधन बनेको छ मोबाइल । यहीकारण नै मोबाइलले यति लोकपि्रयता हासिल गर्न सकेको हो । त्यसमाथि थप, छोटो सन्देश पठाउन मिल्ने प्रविधि -एसएमएस) देखि गीत सुन्ने, फोटो-भिडियो खिच्ने र हेर्ने तथा शहरका बाटोघाटोको जीवन्त नक्सा ९ीष्खभ mबउक० हरू समेत हालेर आफूले पुग्न चाहेको ठाउँमा पुग्न मद्दत गर्नेलगायत थुप्रै आधुनिक प्रविधिहरू समेत 'लोड' गर्न सकिने सुविधा हुन्छ मोबाइलमा । त्यसैले भन्न हिच्किचाउनै पर्दैन, त्यसै लोकपि्रय भएको होइन मोबाइल । यसले दिने र पुर्‍याउने विछट्टैको सुविधाहरूका कारण लोकपि्रय बनेको हो मोबाइल ।

तर छन् अँध्यारो पाटो पनि

मोबाइलको अत्यधिक प्रयोगले हाम्रो स्वास्थयमा पार्ने खराब दुस्प्रभाव नै हो मोबाइलको सबैभन्दा अँध्यारो पाटो । र, त्यो दुस्प्रभावको चरमोत्कर्ष मुटुको रोगदेखि क्यान्सरसम्म पनि हुन सक्छ- अध्येता र अनुसन्धानकर्ताहरूले चिच्याइचिच्याइकन चेतावनी दिइरहेका छन् तर मोबाइलकै कारण हुने क्यान्सर, मुटुको रोगजस्ता समस्याहरू तत्कालै देखापरिनहाल्ने स्थितिले यसबारे मानिसले खासै ध्यान दिइरहेका छैनन् । त्यसमाथि थप, विशाल नाफा दिने धन्दाको रुपमा विस्तार भइरहेको मोबाइल कम्पनीहरूको चर्कोे प्रचारप्रसार अनि सजिलोका लागि र आधुनिक बन्ने होडबाजीका बीच जसरी एवं जुनसुकै शर्तमा पनि मोबाइल बोक्नैपर्ने हाम्रो बाध्यता/चाहनाका बीच त्यो चेतावनी दबिइरहेको छ । समस्या यहाँनेर छ । यस्तो लाग्छ, मोबाइलको अँध्यारो पाटोले मोबाइल प्रयोगकर्ताका ठूलो हिस्सालाई नगाँजेसम्म त्यसलाई सुन्ने, बुझ्ने र थाहा पाउने चेत हामीमा पलाउने छैन ।

धेरै पटक सार्वजनिक रूपमा कुराहरू उठिसकेका छन् र उठिरहेका पनि छन्- मोबाइलको अत्यधिक प्रयोगका कारण मुटुको समस्या, नपुङ्सकता तथा मस्तिष्कको क्यान्सर हुन सक्छ तर यो कुरा जति जोडदार रूपमा उठ्नु पर्ने हो त्यति भने उठ्न सकिरहेको छैन । विशेष गरेर यसबारेमा अध्ययन-अनुसन्धान पर्याप्त मात्रामा भइरहेको छैन, त्यसैले मोबाइलका हानिकारक पक्षहरू के के हुन सक्छन् भन्ने कुरा सम्पूर्ण रूपमा उद्घाटित हुन बाँकी नै छ । जतिले अध्ययन गरेका छन् र गरिरहेका छन्, उनीहरूको चेतावनी छ- आगामी १०-२० वर्षमा मोबाइलकै कारण मस्तिष्कको क्यान्सर हुनेहरूको सङ्ख्या हृवात्तै बढ्ने छ ।

उनीहरूले यस्तो चेतावनी दिनुको खास कारण छ । त्यो कारण हो, मोबाइल र मोबाइल टावरबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (Eectromagnetic radiation) । यसलाई radio frequency modulated electromagnetic fields पनि भनिन्छ । यो रेडिएसन मोबाइलबाट मात्रै हैन, मोबाइललाई सुचारु राख्नका लागि ठाउँठाउँमा स्थापना गरिने मोबाइलको टावरबाट पनि नियमित रुपमा निस्किरहेका हुन्छन् ।

त्यसो त खतरनाक असर गर्ने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन मोबाइल वा मोबाइलका टावरहरूबाटट मात्रै निस्कन्छ भन्ने होइन । विज्ञानप्रविधिको विकाससँगै विकसित गरिएका अन्य वायरलेस प्रविधिहरूबाट पनि यो निःसृत भइरहको हुन्छ । त्यसैले मोबाइल प्रयोग गर्नेहरू यसको असरको दायरामा बढी आउने त छँदैछ, मोबाइल नै प्रयोग नगर्नेहरू पनि यसको असरको चपेटामा पर्दैछन् । चिन्ताजनक र खतरनाक कुरा यहाँ पनि छ ।

विगतका केही वर्षदेखि संसारका विकसित मुलुकहरूमा मस्तिष्कको क्यान्सर हुनेहरूको संख्या बढ्दो छ । विशेष गरेर अमेरिका र अस्ट्रेलियामा बच्चाहरूमा मस्तिष्कको क्यान्सर हुने घटना बढ्दै गइरहेको तथ्याङ्क सार्वजनिक भइसकेको छ । र, त्यसो हुनुको पछाडि कुनै न कुनै रूपमा त्यही इलेक्ट्रोम्याग्नेटिक रेडिएसन पनि जिम्मेवार छ भन्ने आशङ्का गर्न थालिएको छ । अनुसन्धानकर्ताहरू त के पनि चेतावनी दिन थालेका छन् भने अहिलेकै रुपमा मोबाइल फोनको प्रयोग बढ्ने हो भने आगामी १० वर्षमा त्यस्ता क्यान्सर रोगीहरूको सङ्ख्या १ हजार गुना बढ्ने छ ।

अहिले मोबाइलको गुणस्तर बढाउन, सबै ठाउँमा यसको नेटवर्कले टिप्ने बनाउनेका लागि घनाबस्ती, स्कुलहरूको छेउछाउमा टावरहरू राखिँदा त्यो क्षेत्रमा पनि 'मोबाइल विकिरण' अत्यधिक मात्रामा फैलिने र त्यसले धेरैभन्दा धेरै मानिसहरूलाई प्रभावित हुने भइरहेको छ । अझ स्कुल छेउछाउमा राखिएका मोबाइल टावरका विकिरणहरू बढी खतरनाक हुन्छ किनभने स्कुले बच्चाहरूहरूको टाउको वयस्कहरूको भन्दा केही पातलो हुन्छ र तिनका मस्तिष्क पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । फलतः वयस्कहरूको तुलनामा बच्चाहरूको मस्तिष्कमा मोेबाइल विकिरणले सजिलै असर गर्ने सम्भावना बढी हुन्छ । यही कारण नै न्यूजील्याण्डमा स्कुल क्षेत्र आसपास मोबाइलको टावरहरू राख्न प्रतिबन्ध नै लगाइएको छ ।

मोबाइलको माइक्रोवेभ रेडिएसनले मानिसको जीवनमा असर पारिरहेको हुन्छ तर त्योबारे थाहा नपाउँदा हामीले भोग्नुपरेको समस्याहरूलाई अरु कारणहरूतर्फ पन्छाएर बस्ने गर्छौं । उदाहरणको लागि मोबाइलको अत्यधिक प्रयोगले चर्को रुपमा टाउको दुख्ने समस्या उब्जने गर्छ, देख्ने शक्तिमा असर पर्न थाल्छ तर हामी त्यसलाई आँखाको कमजोरी, पिनास, माइग्रेन वा अरू यस्तै यस्तै समस्याको कारण मानेर मोबाइलको खतरनाक पक्षबारे सोच्न पनि चाहँदैनौँ, यसको कारण मोबाइल नै पनि हुन सक्छ भन्नेबारे खतरनाक ढंगले आँखा चिम्लन्छौं ।

गर्ने के ?

यसको यो अर्थ कदापि होइन- आधुनिक जीवनपद्दतिको अभिन्न अङ्ग बनिसकेको मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाइनुपर्छ, यसलाई निषेध गरिनुपर्छ । कुरा यति मात्रै हो, मोबाइलको अन्धधुन्ध प्रयोग गर्दा यसबाट हुन सक्ने सम्भावित हानी नोक्सानीलाई कसरी कम गर्ने भन्नेतर्फ चिन्ता चासो र चेतना जगाउने अनि मोबाइलको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ ठोस र चाँडो पहलकदमी गरिनुपर्छ । त्यसका लागि सबैभन्दा ठूलो जिम्मेवारी प्रयोगकर्ताहरूमै रहन्छ । जस्तो, मोबाइलको अनावश्यक प्रयोगलाई नै घटाएर त्यसको असरलाई कम गर्न सकिन्छ । विकल्पमा मोबाइलको कम र ल्याण्डलाइनहरूको बढी प्रयोग गर्न सकिन्छ । मोबाइलमा प्रयोग हुने इन्प|mारेड, ब्लु तुथ जस्ता डिभाइसहरूले इलेक्ट्रोम्याग्नेटिक रेडिएसन बढी फैलाउने भएकोले त्यस्ता डिभाइसहरूको प्रयोग नगर्न सकिन्छ । मोबाइललाई राख्दा छात्तीको देब्रेतिर राख्नुको सट्टा दाहिनेतिर वा पाइन्टको पछिल्लो गोजीतिर राख्ने गरेर त्यसको असरलाई न्यूनीकरण गर्न सकिन्छ । अझ सकिए त मोबाइललाई शरीरका साथमा हैन, शरीरभन्दा अलग अरु झोलामा राख्ने गर्नुपर्छ । मोबाइल प्रयोग गर्दा एउटै कानतिरमात्रै गर्ने नगरेर कहिले दाहिने, कहिले देब्रे कानले सुन्ने गरेमा पनि एकैक्षेत्रमा लगातार इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको असर नपर्ने हुन्छ, जसले गर्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले काम गर्न पाई क्षति न्यून हुने सम्भावना बढ्छ । अझ राम्रो त मोबाइलको प्रयोग गर्दा स्पीकर फोन सुविधाको उपयोग गर्नुमा हुन्छ । त्यसैगरी, हेडफोनको प्रयोगबाट पनि यसले गर्ने असरलाई कम गर्न सकिन्छ । हेडफोन वा स्पीकर फोनको प्रयोग गर्दा कम्तिमा रेडिएसनले सोझै मस्तिष्कमा पार्ने असरको मात्रा न्यून हुन्छ । वयस्कहरूलाई भन्दा बच्चाहरूलाई मोबाइलको रेडिएसनले छिटो र बढी असर गर्ने भएकोले सकेसम्म बच्चा तथा कलिला उमेरका केटाकेटीहरूलाई मोबाइल चलाउन, खेलाउन दिनुहुँदैन । राज्यले नै नियन्त्रण गर्न त नमिल्ला र तर अभिभावकहरूले आफ्ना छोराछोरीलाई निश्चित उमेर नपुगेसम्म मोबाइल प्रयोग गर्न नदिने र प्रयोग गर्दा पनि कसरी सुरक्षित तवरले गर्ने भन्नेबारेमा प्रशिक्षित गर्नु जरुरी छ ।

सबैभन्दा मुख्य कुरा त मोबाइल वा वायरलेस प्रविधिका उज्याला पक्ष मात्रै हैन, त्यसका अँध्यारापक्षबारे पनि सबैले थाहा पाउनै पर्छ र दिइनै पर्छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयवस्तुलाई नाफा र बढी राजस्व उठाउने माध्यमको रूपमा मात्रै लिने हो र यसका अँध्यारा पाटाहरूका बारेमा पनि चिन्तन-मनन र सार्वजनिक बहसहरू नगर्ने हो भने त्यो 'शत्रुबाट बच्नको लागि सुतुरमुर्गले बालुवामा टाउको लुकाएको' सरह मात्रै हुनेछ । त्यसैले मोबाइलको सकारात्मक पाटाका सँगसँगै त्यसका अँध्यारा पाटाहरूबारे पनि बोल्ने र चर्चा गर्ने हिम्मत गर्नैपर्छ । त्यसो भएको खण्डमा मोबाइलको प्रयोग गर्ने-नगर्ने वा कति गर्ने र त्यसको कसरी सुरक्षित प्रयोग गर्ने भन्नेबारेमा आम बहस चल्न थाल्नेछ र त्यसले जनचेतना पनि जागृत गर्न थाल्नेछ । त्यसो भएको खण्डमा मोबाइलका अँध्यारापाटाहरूलाई हटाउनेतर्फ कम्पनीहरू तथा अनुसन्धानकर्ताहरूको ध्यान र स्रोतहरू केन्दि्रत हुन थाल्नेछ, जसले गर्दा विज्ञान-प्रविधिले मानवलाई प्रदान गरेको यो चमत्कारी खोजको सही, सार्थक र सुरक्षित उपयोग हुन थाल्नेछ ।

स्रोतहरूः www.mercola.com विभिन्न मितिका रिपोर्टहरू, BioMed Central द्वारा प्रकाशितः Mobile phone radiation might alter protein expression in human skin शीर्षकको रिपोट, , www.willthomas.net मा प्रकाशित Cell Phone Health Risks शीर्षकको रिपोट, USA Today, Wired News, ZDNet मा प्रकाशित सामग्रीहरू तथा विभिन्न वेभसाइटहरू
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)