श्याम राना मगर / फोटो: राजन बुढा मगर
१६ जनवरी २०११, आइची केन जापान। जापान को टोयोटा सहर मा मगर सेवा समिति टोकाई जापान ले नेपाल को राष्ट्रिय पर्ब तथा मगर जतिको महान चाड मगर सक्रान्ति भब्य रुपमा सम्पन्न गरेको छ। समतिका अध्यक्ष राजु राना मगर को सभापतित्व मा भएको उक्त कार्यक्रममा नेपाली आदिबासी जनजाती महासंघ जापान का केन्द्रीय अध्यक्ष के. बि. मगर ले प्रमुख अतिथि को आसन ग्रहण गरेका थिए। अतिथिहरुमा समितिका भुतपुर्ब अध्यक्षहरु श्री भिजेंद्रमान पुन मगर र श्री सोम पुन मगर, नेपाली हरुलाई अति नै माया गर्ने जापानी नागरिक हयासी ज्यु तथा नेपाल फर्कन लागेका समितिका भुतपुर्ब उपाध्यक्ष खिम पाइजा मगर र सदस्य गणेश बुढा मगर थिए।
कार्यक्रम को उद्घाटन पश्चात कोषाध्यक्ष धन अर्गेजा मगरको स्वागत मन्तब्य रहेको थियो भने अतिथिहरुले माघेसक्रान्ति २०६७ को सुभकामना सहित नेपाल फर्कन लागेका समितिका पधाधिकारी सदस्य साथीहरुको सफल यात्रा को कामना गरेका थिए। अन्तमा कार्यक्रमका सभापति राजु राना मगरले बिदाईमा सम्झना स्वरुप समितिको तर्फ बाट उपहार प्रदान गर्दै पहिलो चरण को कार्यक्रम को समापन पछि स्थानीय कलाकार हरु लिल कृष्ण पुन मगर र डि. के. बुढा मगरले नेपालको लोक तथा आधुनिक गीत सहित मनग्य मनोरंजन प्रदान गरेको उक्त कार्यक्रम साँझ सम्म चलेको थियो।
















