नयाँ कार्यसमिति्का सदस्यहरु
सन २००६, डिसेम्बरमा स्थापना गरिएको केन्ट मगर संघले आफ्नो पाचौं जन्मदिन भब्यताका साथ जनवरी १, २०११ का दिन डोभर कम्युनिटी हलमा मनायो। जन्मजयन्तीको साथै अङ्रेजी नयाँ बर्ष २०११ लाई पनि स्वागत गर्दै झन्डै २०० केन्ट बासी मगरहरुले एक आपसमा सुस्वास्थय, सम्ब्रिदी र दिर्घाउको सुभकामना पनि आदान प्रदान गरे। संघका नवनियुक्त आध्यछय रिटायर्ड क्याप्तेन श्री पदम आले ले जन्मोत्सवको केक काटेर उक्त साँझको उदघाटन गर्नु भएको थियो।
पुरानो कार्यसमितिका सदस्यहरु
आजकल् बेलायतमा चाडै रात पर्ने हुनाले दिउँसोको ४ बारे शुरु भएको उक्त कार्यक्रमको पहिलो चरणमा पुरानो समितिका सदस्यलाई बर्तमान अध्यक्षले खादा ओढाएर बिदाई दिइएको थियो भने नयाँ समितिका सदस्यलाई निबर्तमान अध्यक्ष श्री टँक आलेले खादा लगाइदिएर स्वागत गरिएको थियो। स्मरण रहोस श्री टँक आलेको मातहतमा रहेको पुरानो समिति २ वर्षे कार्यकाल पुरागरी गत नोभेम्बरमा नयाँ कार्य समितिको चयन् गरिएको थियो। सर्वसम्मतिबाट निर्माण भएको २१ सदस्यिय नयाँ कार्य समितिमा क्याप्टेन रिटायर्ड पदम आले, घन बहादुर थापा, उतर मगर, मान फौजा, घमान शिङ घर्ती मगर र केशर रोका क्रमस अद्ध्छ्य, उपाद्ध्छ्य, सचिव, उपसचिव, कोसाद्धछ्य र उपकोशाद्ध्छ्यामा हुनुहुन्छ।
दोस्रो चरणमा, ओरिएन्टल बफेट ले ब्याबस्था गरेको स्वादिलो टिपन टापन र खाना खाएपछी कल्चरल डाइरेक्टर श्री मनदिप जुग्जाली द्वारा निर्देसित नाच गानाहरु नानीहरुले देखाएर नयाँ बर्षको रमाइलो मुद्रामा आएका दर्सकहरुलाई मनोरन्जन दिलाएका थिए। कबियत्री सजना थापाबाट उदघोसित उक्त कार्यक्रममा वाहाले बेलाबेलामा कबिता र मुक्तकहरु पनि सुनाएर दर्सकलाई मन्त्रमुग्ध पार्नु भएको थियो। त्यसैगरी १ आर जी आर मा कार्यरत श्री चमन बलालले हास्य ब्याङ प्रस्तुत गरेर दर्सकलाई पेट मिची मिची हसाउनु भएको थियो।
कार्यक्रमको अन्त्यतिर केन्ट मगर सँघले अब आउने बर्सहरुमा जी. सी. एस. ई. मा उत्कृष्ट ग्रेड ल्याउने केन्ट बासी मगर विद्यार्थीलाई पुरस्क्रित गर्ने जानकारी पनि दिईएको थियो। अन्त्यमा सदा झैँ ककटेल नाँच नाचेर रातीको ११ बजे कार्यक्रमको अन्त्य भएको थियो।



















