सुन्दर आले
१ जनवरी, क्वालालम्पुर, मलेसिया। नेपाल र मलेसिया बिच दौत्य सम्वन्ध स्थापनाको ५० औं वर्ष पुरा भएको उपलक्ष्यमा मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल लेजेनमा गत २८ डिसेम्वरको दिन विशेष समारोह बिच स्वर्ण महोत्सव भव्य सम्पन्न भएको छ।
नेपालका श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद अफ्ताव आलम तथा मलेसियाका मानव संशोधन मन्त्री डा एस सुव्रमनियमले सयुक्त उद्घाटन गर्नु भयो। सोही अवसरमा नेपाल दुतावास मलेसियाद्धारा प्रकाशित 'मलेसिया दर्पण' नामक पुस्तक विमोचन गर्नुको साथै कार्यक्रममा वंगलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स तथा भारतका राजदुतहरुको उपस्थिति थियो। साथै नेपाल मलेसिया व्यापार परिषदका अध्यक्ष प्रदिप कुमार कुक्रेज, मलेसिया साना तथा मझौला उद्योग महासंघका अध्यक्ष चु टियाम वी, मलेसियाका पर्यटन प्रवद्र्धन वोर्डका अध्यक्ष डा भिक्टर वि समेत उपस्थिति थियो। कार्यक्रममा गैर आवासिय नेपाली संघका प्रतिनिधी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।
नेपाल दुतावास मलेसियाका राजदुत डा ऋषिराज अधिकारीले स्वागत मनतव्य दिनु भयो भने नेपालका श्रम तथा यातायात उद्योग मन्त्रि मोहम्मद अफ्ताव आलमले दुई देश विचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपाल र मलेसिया बिच कुटनितीक सम्वन्ध स्थापनाको स्वर्ण महोत्सवल कार्यक्रम आफु एक अभिन्न अंग हुन पाएको प्रशन्नता व्यक्त गर्नु भयो।
मलेसियाका मानव संशोधन मन्त्री डा एस सुव्रम नियमले मलेसियामा सदा मर्यादित र कानुन सम्मत ढंगले विदेशी कामदारहरु ल्याउन कटिवद्ध रहेको र कार्यस्थलमा स्वदेशी र विदेशी कामदारलाइ दिने आधारभूत सेवा सुविधामा एकरुपता रहेको बताउँदै नेपाली कामदार प्रति निकै लाभान्वित भइरहेको बताउँदै अगामी दिनहरुमा पनि यो क्रम जारी रहने विश्वास व्यत्त गर्नु भयो।
सोही अवसरमा नेपाल र मलेसिया विच द्धिपक्षीय वार्ता समेत सम्पन्न भएको छ। द्धिपक्षीय श्रम समन्धमा केन्द्रित उक्त वार्तामा दुई मुलुकहरु बिच श्रम सम्झौता गरी श्रमिकहरुको सुरक्षा नेपाली श्रमिकहरुको विमा तथा सामाजिक सुरक्षा सुरक्षा क्षेत्र तथा उच्च दक्ष क्षेत्रमा नेपाली जनशक्तिलाई प्रोत्सान नेपाली कामदारहरुको स्वास्थ्य परीक्षणलाई विश्वसनीय बनाउन प्रयास गरिने लगायत विषयमा छलफल भएको थियो भने छलफलमा दुई मुलुकहरुका बिच व्यापार प्रत्यक्ष लगानीलाई प्रोत्सान पर्यटन प्रवर्दन लगाएतका विषयमा छलफल भएको थियो।
त्यस्तै गरी नेपाल मलेसिया व्यापार परिषदका अध्यक्ष प्रदिप कुमार कुक्रेज, मलेसिया साना तथा मझौला उद्योग महासंघका अध्यक्ष चु टियाम वी, मलेसियाको पर्यटन प्रवद्र्धन वोर्डका अध्यक्ष डा भिक्टर विले शुभकामना मनतव्य दिनुभएको थियो।
कार्यक्रममा नेपाल दुतावास मलेसियाले नेपाल र समाजको लागि सहयोग गर्नु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
View the embedded image gallery online at:
http://www.hongkongnepali.com/2008-12-29-03-27-03/7389-2011-01-01-16-34-38.html#sigFreeIdc5e9cf199d
http://www.hongkongnepali.com/2008-12-29-03-27-03/7389-2011-01-01-16-34-38.html#sigFreeIdc5e9cf199d