HongKongNepali.com, The Next Media

Friday
Aug 01st
Home साहित्य सय रुपैयाँको नोटमा 'बुद्ध नेपालमा जन्मेको' लेखिने

सय रुपैयाँको नोटमा 'बुद्ध नेपालमा जन्मेको' लेखिने

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौँ, चैत २३- सरकारले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नेपाली एकसय रूपैयाँको नोटमा 'गौतमबुद्ध नेपालमा जन्मेका हुन्' भनेर लेख्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले लुम्बिनी भ्रमण वर्ष २०१२ लाई प्रचारप्रसार गर्ने तथा सोही सन्दर्भमा गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्न सो निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए। 

 

यसैगरी झापामा चैत २१ गते मङ्गलबार हत्या गरिएका पत्रकार यादव पौडेलको परिवारलाई रु १० लाख आर्थिक सहयोग गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। हत्याको छानबिन गर्न गृहमन्त्रालयको मातहत रहने गरी समिति गठन गरिएको मन्त्री पुनले बताए। अर्थमन्त्री पुनका अनुसार विगतमा समायोजन रोजेका तर फेरि स्वैच्छिक अवकाशमा जान इच्छुक माओवादी सेनाका लडाकुहरूलाई उपलब्ध गराउन आवश्यक रकम शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।

 

पूर्वमन्त्री सिद्धराज ओझा, पत्रकार गोपाल थपलिया र लोकसेवा आयोगका सदस्य टीकादत्त निरौलालाई उपचार खर्च उपलब्ध गराउने तथा स्वर्गीय नमनारायण झाको उपचारमा भएको खर्च सरकारले व्यहोर्ने निर्णय भएको पनि मन्त्री पुनले जानकारी दिए। साथै मन्त्रिपरिषद्ले केही दिनअघि आगलागीमा परेका गोरखाका पीडित परिवारलाई पनि क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ । अर्थमन्त्री पुनका अनुसार बाली विकास समिति र राष्ट्रिय मुस्लिम आयोग गठन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ। बैठकले नेपाली सेनाका प्रेमप्रकाश थापालाई उपरथी र दीपक कार्कीलाई सहायक रथीमा बढुवा गरेको छ।

श्रोत: रासस

 
Comments (3)
Buddha DOB
1 Monday, 24 September 2012 17:00
Hemp Tamu
Shahi kura garna ra bhanna ka lagi kunai Aapatti manmu nparne.
"गौतम वुद्ध नेपालमै जन्मेका हुन् भन्ने सबैलाई थाहा होस"
2 Friday, 02 November 2012 15:42
Hari Shrestha
गौतम बुध्द नेपाल मा जन्मेका हुन भनेर हामि बिश्व भर चिनाउन चाहान्छौ, लुम्बिनी भ्रमण वर्ष २०१२ को व्यापक प्रचार प्रसार गरछौ ।
we want spread the word Gautama BUDDHA was BORN in our NEPAL throughout the whole world......
गौतमबुद्धको नाम नेपाली नोटमा
3 Saturday, 03 November 2012 10:46
Sangeeta Shrestha
आदर्णीय हङकङेली बरिस्ठ कलाकार हरी श्रेष्ठ दाज्युको इछया र सुझभ अनुसार गौतमबुद्धको नाम नेपाली नोटमा लेख्ने सो निर्णय नेपाल सरकारले गरेकोमा, सरकारले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नेपाली एकसय रूपैयाँको नोटमा 'गौतमबुद्ध नेपालमा जन्मेका हुन्' भनेर लेख्ने निर्णय गरेको र सोही सन्दर्भमा गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्न निर्णय गरेकोमा अर्थमन्त्री वर्षमान पुनलाई मेरो तर्फबाट धेरै-धेरै धन्यबाद टक्र्याउन चाहान्छु ।

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News!

free counters

(Since April 2009)