HongKongNepali.com, The Next Media

Friday
Oct 31st
Home साहित्य अष्ट्रेलियामा एक नेपालीलाई अष्ट्रेलियन सम्मान

अष्ट्रेलियामा एक नेपालीलाई अष्ट्रेलियन सम्मान

E-mail Print PDF
AddThis Social Bookmark Button

सिड्नी,अष्ट्रेलियामा कार्यरत एक आप्रवासी नेपालीलाई अष्ट्रेलियन  सरकारले ‘सिग्नीफिकेन्ट अचिभमेन्ट –२०१२’ वाट सम्मानित भएका छन् । अष्ट्रेलियन फेडलर सरकार अन्तर्गतको मरे डालिर्ङ बेसिन अथोरिटीको जलस्रोत तथा नदी व्यवस्थापनमा जलविज्ञान विज्ञकारुपमा कार्यरत  नेपाली डा. दुर्गादत्त कंडेललाई अष्ट्रेलियन सरकारले सो पुरस्कारवाट सम्मानित गरेको हो । अष्ट्रेलियामा पानी ऐन-२००७ ल्याएपछि वातावरण खस्कीदै गएको  नदी तथा खोलामा पानीको मात्रा कसरी बढाउन सकिन्छ भन्ने योजना तर्जुमा गर्ने कार्यमा आप्रवासी नेपाली डा. कंडेलले गरेको अध्ययनले सहयोग पुर्‍याएको थियो ।

अष्टे्रलियन सम्मानबाट सम्मानित भएपछि आप्रवासी नेपाली डा कंडेलले सम्मानले आफु उत्साहित वनाएको वताउनु भयो । सम्मानले आफुलाई अझै केही राम्रो काम गर्न प्रेरित गरेको वताउनु भयो । डा कंडेल अष्ट्रेलियन फेडलर सरकार अन्तर्गत सो शाखाको उच्चपदमा काम गर्ने एक मात्र अप्रवासी नेपाली हुनुहुन्छ ।

को हुन सम्मानित हुने आप्रवासी नेपाली ?
डा. दुर्गादत्त कंडेल बागलुङ जिल्लामा जन्मनु भएको हो । उहाँ बागलुङमा जन्मीएपनि परिवार नै उहाँ तीन बर्षकै हुँदा बसाई सराई गरी चितवनमा पुगेको थियो ।  उहाँले चितवनको प्रेमबस्ती माविबाट २०३९ सालमा प्रथम श्रेणीमा एसएलसी परिक्षा उत्तिर्ण गर्नु भएको थियो । त्यसपछि उनले काठमाण्डौको लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आईएसी गर्नु भएको थियो । त्यसपछि उहाँले यूएसएआइडीको छात्रवृत्ति कोटामा परि भारतवाट एग्रीकल्चर इन्जिनियरिङमा स्नातक गर्नु भएको थियो ।

विक्रम सम्बत २०४९ सालमा एग्रीकल्चर इन्जिनियरिङमा स्नातक गरेपछि उहाँले चितवनको रामपुर कृषि क्याम्पसमा करिब साढे दुई वर्ष माटो तथा  पानी संरक्षण र सिंचाइ सम्बन्धि विषय अध्यापन गराउनु भएको थियो । -त्यसपछि २०५१ सालको अन्तिमतिर लोकसेवा आयोगमा नाम निकालेपछि काठमाण्डौको बबरमहलस्थित माटो तथा पानी संरक्षण विभागमा अधिकृत पदमा साढे चार वर्ष काम गर्नु भएको थियो । विक्रम सम्बत २०५६ सालमा विश्व बैकको छात्रवृत्तिमा मेलवर्न विश्वविद्यालयमा इन्जिनियरिङमा स्नाकोत्तर गर्न अष्ट्रेलिया आइपुग्नु भएको हो ।

अष्ट्रेलियामा अध्ययनलाई निरन्तरता दिँदै उहाँले मेलवर्न विश्वविद्यालयमा र अष्ट्रेलियन सरकारको छात्रवृतिमा सन् २०६० मा जलविज्ञान तथा जलस्रोत  व्यवस्थापनमा पिएचडी गर्नु भएको थियो । त्यसपछि सोही विश्वविद्यालयमा रिसर्च फेलोकोरुपमा करिव दुई वर्ष सेवा गरेपछि २०६२ सालदेखि उहाँ लगातार मरे डालिर्ङ बेसिन अथोरिटीमा जलविज्ञान विज्ञका रुपमा कार्यरत हुनुहन्छ ।
श्रोत : अन्लाइन खबर डटकम

 

 
Comments (1)
Remarkable Achievement
1 Thursday, 15 March 2012 22:52
Ashok
Congratulations Dr. Kandel

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)