बज्र कुमार राई
आशुँसँग सुख्खा रोटी टोक्दैछु बिदेशमा।
नसोचेको,नभोगेको भोग्दैछु बिदेशमा।।
देशमा त कामको सधैं भेदभाव गरियो,
अचम्म!दैनिक भारी बोक्दैछु बिदेशमा।।
तापराप र अहोरात्र कामले गर्दा हजुर!
रातदिन छाती थिच्दै खोक्दैछु विदेशमा।।
विदेशिएको देशको पींडा आँखाबाट नबगाउन,
निर्धन मुटुमा पेचकिला ठोक्दैछु विदेशमा।।
आजसम्म कुनै सपना, विपनामा नआएर,
आशैआशको'खाते'जीवन रोक्दैछु विदेशमा।।

















