HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home साहित्य सहनुनै राम्रो

सहनुनै राम्रो

E-mail Print PDF
AddThis Social Bookmark Button

गीता थापा, २०१२ जनवरी ,

चिसो चुल्होतिर निरीह

एक नजर लाउदै

अभावको एक मुठ्ठी

सिरेटो घुटुक्क निलेर

नाम्लो काखी च्यापी

कामको खोजिमा

संघार नाँघेर फुत्त बाहिर

निक्लिन्छ उ

बिहानीको कलिलो घाम

वस्त्रको आँखी झ्यालबाट

सुटुक्कभित्र पसेर

काउकुती लगाउदा

उ आफू सात दिनको

भोको छु भन्ने कुरा भूलेर

खितित खितित खित्का छाड्छ

सडक पेटीमा हिँड्ने र

बलेरो पजेरोमा सवार गर्ने

भद्रभलाद्मीहरू उसको

त्यो अनौठो चाला देखेर

उमाथि पागलको उपमा चढाउँदै

अगाडि बढ्छन्

उ न तिनीहरूसँग आँखामा आँखा मिसाएर

आफू अपमानित भएको

हिसावकिताप गर्नसक्छ

न नाराजुलुस लगाउँन सक्छ

उसको दर्शनले त यै भन्छ

जति सक्यो सहनुनै राम्रो हुन्छ

त्यसैले अन्यायलाई छातीभित्र दवाएर

कामको खोजिमा उ

यता उता भौंतारिरहन्छ

दिन रातको केन्द्र विन्दुमा

पुगेर विस्राम नलिउञ्जेलसम्म

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)