बिमल पहराई
गुल्मी
२०११ डिसेम्बर १२,
बग्ने सुक्ने खडेरीको मूल रै'छ जीवन यो।
दुई दिने रंगी चंगी फूल रै'छ जीवन यो॥
फाईदा लुट्न लुप्त हुने परिआउँदा पन्छि जाने,
सबै आफ्नो भन्नु यहाँ भूल रै'छ जीवन यो॥
जन्मे पछि मर्नै पर्ने प्रकृतिको देन यस्तै,
मर्ने बाँच्ने दुनियाँको पूल रै'छ जीवन यो॥
बुझ्नेलाई सृखण्ड नबुझ्नेलाई खुर्पाको विंड,
इष्ट दुष्ट मानवको हूल रै'छ जीवन यो॥
सयौ वर्ण सयौ जाति भाषा भषी सँगै साथ,
पापी धर्मी सबै बस्ने झूल रै'छ जीवन यो॥




















दुई दिने रंगी चंगी फूल रै'छ जीवन यो॥
मतलाले खुब मन तान्यो सुन्दर गजल । समग्रमा सबै शेरहरु उत्तिकै राम्रा छन निरन्तरताको कामना ।