रुबेन पुन मगर
तिमी बाट टाढा भएँ, तिम्रै खुशीको निम्ती ।
तिम्रो शहर छोडि गएँ, तिम्रै खुशीको निम्ती ।
तिमी रम्दा अरु सँगै, अति दुख्थ्यो मन मेरो
जति दुख्यो उती सहेँ, तिम्रै खुशीको निम्ती ।
कुल्ची गयौ मेरै छाती , सम्झी मलाई धुलो ।
क्यै नभनी चुप रहेँ , तिम्रै खुशीको निम्ती ।
मेरो पीडा तिम्रो हाँसो , गीत बनाइ गाएँ
भरेर यो एउटा लय , तिम्रै खुशीको निम्ती ।
तिमी बाट टाढा भएँ, तिम्रै खुशीको निम्ती ।
तिम्रो शहर छोडि गएँ, तिम्रै खुशीको निम्ती ।
बिहुँ ६ दहपानी , बागलुङ
हाल : मलेसिया

बिमल पहराई गुल्मी