विमल पहराई
गुल्मी,नेपाल
रिसाएझै गरी हेर्ने चाल मन पऱ्यो।
मस्कि-मस्कि हिड्ने जिउडाल मन पऱ्यो॥
घुम्न कतै निस्कदा बाटो छेकी जिस्काउँदा
झर्किएझै गरी वोल्ने गाल मन पऱ्यो॥
विहानीको किरणसरी ढपढपी बल्ने जीउमा
सलसली वग्ने उनको बाल मन पऱ्यो॥
मनमा कुरा छिपाई बोल्ने उनको तरीकामा
वाहना वाँजी फिजाउँने जाल मन पऱ्यो॥
संयोगले यात्रा हाम्रो एकै तिर पर्दा पनि
तर्किएझै गरी हिड्ने ताल मन पऱ्यो॥


















