HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home साहित्य यदि साँच्चै तिमी देशलाई माया गर्छौ भने

यदि साँच्चै तिमी देशलाई माया गर्छौ भने

E-mail Print PDF
AddThis Social Bookmark Button

कविता 

सुमित्रा पौडेल भरतपुर चितवन
हाल इजरायल

यदि तिमी साँच्चै देशलाई माया गर्छौ भने
आफ्नो मुटुलाई छामेर हेर
अनि बाँकी जीवन बाँचेर हेर
नकुल्च छाती
नदुखाऊ देशको मुटु
नरुवाऊ आमालाई
आखिर तिमी पनि आमाबाट जन्मियौं
म जुन आमाबाट जन्मिया
पीडा एउटै थियो
मात्र कोख फरक
रगत त रातै बगेको थियो
जन्मदा तिमी पनि रोयौं हौला
म पनि रोएँ हुँला
अहो ! म कहाँ थिए ?
आज यहाँ पो ...

तर,
तिमी यस धर्तीमा किन आयौं ?
म त संसार हेर्न आएको हुँ
संसारिक जीवन भोग्न आएको हुँ
तिमी त सिंगै देश चलाउँन आएका रहेछौं
खै ? आचरण र कर्तब्य
अनि देशको समुन्नति र बिकास
मात्रै भरियो घृणा र द्धेष

तिमीलाई थाह छ ,
हरेक मान्छेमा बुद्धिको एउटा निश्चित भण्डार छ
अज्ञान,संवेग,बासनाका अनौठो पोको छ
तिमीले त्यसको बिकास गर्यौ
त्यतै मोडियौ र आफ्नो शक्तिको नास गर्यौ
साधन-स्रोतको उपलब्धिमा अन्तर देखेनौ
मात्र सत्ताको मोहमा अल्झिरहेउ

हो यदि ,
तिमीमा सत्ताको आकांक्षा थियो भने
आउँने दायित्वलाई किन स्वागत गरेनौ
सायद यो बुझेनौ होला ,
प्रख्यात भन्दा नाम महान् छ
किनकि प्रख्यात अदृश्य हो गायब हुन सक्छ
तर नाम चलिरहन्छ युग युग सम्म
सतर्कता पनि त सफल जीवन हो
निज अन्त ;शक्ति र तेजप्रति
सावधान र सजग किन हुदैनौ
देश र जनता प्रति प्रेम पूर्ण सेवा भाव अभिव्यक्त गर्दैनौ
जनता र स्वयं प्रति मालिक र मजदुर बन
त्यो नै एक सक्षम नायक हो
जहाँ नाटक सानदार हुन्छ

तर ,
आज तिमी त्यसका लागि योग्य भएनौ
तिम्रो बिचार,शब्द,मन,वचन र कर्ममा अन्तर छ
त्यसैले त निम्त्याएका छौ
बिफल प्रयास,निरर्थक काम
तिमी जे छौ त्यो अपूर्ण छ

अब ,
तिमीमा संशोधन हुनु पर्छ
तिम्रा उपद्रबी र बिद्रोही पदवी होईन
सत्य धर्म शान्ति अहिंसा र प्रेमको
झिल्का छुट्नु पर्छ
द्रिध सङ्कल्प,बिसुद्ध प्रेम अहंकारको सुन्यता हुनु पर्छ
जहाँ आस्था र भारोषा अडिक बनोस्
स्वयं आफ्नो आत्मा परिक्षाले नै
परिवर्तन ल्याउन ल्याओस्
त्यसले त नयाँ युग जन्माउँन सक्छ
यदि तिमी साँच्चै देशलाई माया गर्छौ भने ....!!


 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)