
वेलायत, रिडिङ, अगष्ट १, म्याग्दी विम-यूके समाज, यूकेले साउथ रिडिङ युथ कम्युनिटीमा आफ्नो वार्षिकी विविध कार्यक्रम सहित भव्यरुपमा सम्पन्न ग-यो।
मोना, यूकेका अध्यक्ष योग कुमार फगामीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अध्यक्ष नर वहादुर पाइजाको अध्यक्षतामा, सचिव कृष्ण बहादुर जुग्जालीले संचालन र सल्लाहकार हिरज पुनले स्वागत भाषण गरेका थिए। अन्य अतिथिहरुमा मोना, यूकेका उपाध्यक्ष कमल पूर्जा, पूर्व अध्यक्ष द्वय दलमान पुन र री. ले. रेशम शेरचन, मोना यूकेका सल्लाहकार योगेन्द्र के.सी.,मगर संघ, यूकेका सल्लाहकार तथा एभरेष्ट टाइम्सका उप सम्पादक लिलामान शेरपुञ्जा, लोक गायक खड्क गर्बुजा, पहिलो सि.जि.सी. प्राप्त नेपाली बृटिश गोर्खा सार्जेन्ट दिप बहादुर पुन लगायतका थिए।
नेपाली राष्ट्रिय गीत गाएर शुरु गरेको उक्त कार्यक्रममा विम गा.वि.स.बारे समाजका सदस्य दल बहादुर जुग्जालीले प्रकास पारेका थिए भने प्रमुख अतिथि योग कुमार फगामी, अतिथिहरु कमल पुर्जा, दलमान पुन, रि.ले. रेशम शेरचन, लिलामान शेरपुञ्जा, योगेन्द्र के.सी. लगायतले थोरै समयमा समाजले गरेको धेरै प्रगतिबारे मुक्त कण्ठले प्रशंसा गर्नुको साथै अनुकरण गर्नु पर्ने विचार राखेका थिए।
उक्त अवसरमा समाजबाट डा. पास गर्ने डा. रञ्जना जुग्जाली, डा. गजेन्द्र जुग्जाली, स्नातक नर्स पास गर्ने करुण जुग्जाली, सि.जि.सी. प्राप्त सार्जेन्ट दिप बहादुर पुन ,लोक गायक खड्क गर्बुजा, समाजका सल्लाहकार झलक गर्बुजालाई सम्मान पत्र तथा खादा ओडाए विशेष सम्मान गरिएको थियो। यसै गरी समाजलाई आर्थिक तथा विभिन्न क्षेत्रमा सहयोग गर्ने समाजका तह-तप्काका महानुभावहरुलाई प्रशंसा पत्र तथा खादा ओडाए सम्मान गरिएको थियो।

यसै गरी समाजका अध्यक्ष नर बहादु पाइजाले मोना यूकेलाई एम्बुलेन्स योजनाको लागि आफ्नो संस्थाको तर्फबाट मोना यूकेका अध्यक्ष योग कुमार फगामीलाई एघार सय बयालीस पाउणड हस्तान्तर गरेका थिए। उक्त अवसरमा समाजका कलाकारहरुले लोक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई अत्यन्तै मनोरञ्जनात्मक बनाएका थिए भने विभिन्न प्रकारका खानाहरुको पनि व्यवस्था गरिएको थियो। कार्यक्रम रात्रि अबेर सम्म चलेको थियो।



















