वेलायत, बसिङस्टोक, जुलाई २३, वेगखोला कल्याणकारी समाज, उप शाखा यूकेले संस्थाको छैठौ वार्षिकी विविध कार्यक्रम सहित भव्यरुपमा सम्पन्न ग-यो।
भू.पू. गो.मे. भिम बहादुर गर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अध्यक्ष रिटायर्ड ले. पदम बहादुर पूर्जाको अध्यक्षतामा, मोना यूकेका अध्यक्ष तथा समाजका सचिव योग कुमार फगामीले संचालन र उपाध्यक्ष राम बहादुर तिलिजाले स्वागत भाषण गरेका थिए। अन्य अतिथिहरु मोना, यूकेका उपाध्यक्ष द्वय कमल पूर्जा र ध्रुव खर्ति तथा पूर्व अध्यक्ष द्वय दलमान पुन र रिटायर्ड ले. रेशम शेरचन, सल्लाहकार द्वय योगेन्द्र के.सी. र वेल बहादुर बुढाथोकी, भू.पू. माननि नर बहादुर पुन, मगर संघ, यूकेका वरिष्ठ उपाध्यक्ष दुत पुन, हङकङनेपाली डटकमका ईन्द्र एलजी थापामगर, समाजका जेष्ठ नागरिकहरु लगायतका थिए।
उक्त अवसरमा स्वर्गिय भि.सी. तुल बहादुर पुनको सम्झनामा स्थापित ‘भि.सी. तुल बहादुर पुन प्रतिस्थान’लाई समाजले आर्थिक सहयोग हस्तान्तर गरेको थियो भने समाजका करिव दुई दर्जन जेष्ठ नागरिकहरुलाई जनही पचास पाउण्ड प्रदान गरेको थियो। यसै गरी विगत वर्षमा जस्तै यस वर्षको एस.एल.सी.मा सफल हुने वेगखोला गा.वि.स.का १९ जनालाई जनही रु दुई हजारको पुरस्कार दिने घोषणा, वेगखोला कल्याणकारी समाज,पोखराका कोषाध्यक्ष टेक बहादुर पुर्जाको स्वास्थय उपचारको लागि संकलीट रकम रु. एक लाख भन्दा बढि निकट भविष्यमै पठाउने जानकारी दिनुको साथै यहाँबाट सबैभन्दा पहिले बि.एस्सी.(अनर्स) गर्ने कुमारी फगामी र धौलागिरी नौमति पंचबाजा यूकेका सबै कलाकारहरुलाई समाजको तर्फबाट खादा तथा फेटा लगाएर सम्मान गरिएको थियो।
‘इष्ट-मित्र, शुभेच्छुक तथा समाजको आत्मिय हौसला र शुभकामनाको कारण म यो अवस्थामा छु’ भावुक हुदै सबैलाई आफ्नो र परिवारको तर्फबाट हार्दिक धन्यवाद दिदै सचिव योग कुमार फगामीले भने। उक्त अवसरमा उनले स्वस्थ्यको कारण परिवार तथा शुभेच्छुकहरुको सल्लाह अनुसार समाजको गरिमामय सचिवको पदभार डो बहादुर गर्बुजालाई हस्तान्तर गरेका थिए।
नीर फगामीद्वारा संचालित सास्कृति कार्यक्रममा कलाकारहरु लिन्डा तिलिजा, संगिता पूर्जा, सलिना पूर्जा, ईन्द्र गर्बुजा, कुमारी फगामी, सुस्मिता पाइजा, ममता गर्बुजा, सीवा तिलिजा, शर्मिला फगामी, धन गर्बुजा, जुनु चोचाङी, तारा पूर्जा, ओम प्रसाद पुर्जा, ओम प्रसाद चोचाङी, मधु माया, मिरा फगामी, रस्मा चोचाङी, युवा फगामी, बिल पुर्जा, सूर्य पुर्जा लगायतका थिए भने उनीहरुले विशेष गरि म्याग्दी जिल्लाको प्रचलित ‘थाल नाँच’को साथमा एकल तथा सामूहिक नृत्यहरु प्रस्तुत गरेका थिए। त्यस पश्चात पंचबाजा दोहरीमा मन फुकाएर प्राय सबै अतिथि तथा महानुभावहरु नाँचेका थिए।
कार्यक्रममा अतिथिहरुको लागि विशेष प्रकारको नेपाली खाना ढिडो, सिस्नोको दाल, खोले साग, गुन्द्रकको अचार, खसिको मासु थियो भने अन्य खानामा सेल रोटी, आलुदाम, कुखुरा, सुगुर,खसीको मासु, अचार, पुलाउ, सलाद आदिको व्यवस्था गरिएको थियो।
स्मरणरहोस् वेगखोला कल्याणकारी समाज उप शाखा हङकङ र यूकेले वेग खोला गाविसको चौतर्फी बिकासको लागि निरन्तर सहयोग गर्दै आइरहेको छ। अहिलेसम्म हाईस्कूलको स्थापना गर्न आर्थिक सहयोग, दुईवटा स्कूलमा ताररहित ईन्टरनेट र झण्डै एक दर्जन कम्युटर, पहिरोबाट पिडीत तथा विरामी परेकाहरुको लागि आर्थिक सहयोग, एस.एल.सी.मा उतिर्ण विधार्थीहरुलाई पुरस्कार आदिमा सहयोग गरिआएको छ।


















