HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home साहित्य विसङ्गतिवादमा रेखा कविता—३७

विसङ्गतिवादमा रेखा कविता—३७

E-mail Print PDF
AddThis Social Bookmark Button
देश सुब्बा
कामुको मान्छे
यो संसार एउटा कोठा
कोठामा घुम्दै वास बस्न
आइपुगेको ‘म’ मान्छे 
पहाडको बाटो
घुम्ती र नागबेली खोला
आँधीबतास काट्दै
भाग्दै—भाग्दै हिंस्रक पशुबाट
जीउ उम्लिने गर्मी र
खुट्टा खाने जाडो
तरेर यहाँ आइपुगेको छु 

मिलेका छैनन् कोठाका
झ्यालढोका
मिलेको छैन बिस्तारा
आँखालाई पुग्दैन उज्यालो
मेरो अगाडि
तेर्सिएको लामो रात छ
कहिले जाडोले कठिङग्रिन्छु
कहिले गर्मीले बाफिन्छु
उडुस, उपियाँ र मच्छर
मिलाइ-मिलाइ टोक्छन्
कति घिनलाग्दो कोठा 
म चाहेर बदल्न सक्दिनँ
यो स्वरूप

न मारेर सक्छु रक्तपिपासु
न रोक्नु सक्छु उम्लिने हावा 
म बाहिरबाट आएको एक ‘पाहुना’
पाहुनाको कुनै अधिकार हुँदैन
न भनेजति कर्तव्य नै हुन्छ
सबै मेरो विरुद्ध छन्
विसङ्गत छन् 
रातमा आरामदायी निदाउन 
मैले आफै बिस्तारा मिलाउँदै
टकटकाउनु छ

झ्यालबाट जीवन दिने हावा छिराउन
एकपाटा झ्याल खोल्नुछ
त्यो भन्दा उता म
केही पनि गर्न सक्दिनँ
किनभने म
बाहिरबाट आएको एक ‘मान्छे’ हुँ
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)