HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home साहित्य पुरानो कुवा (कविताः पवित्रा राई)

पुरानो कुवा (कविताः पवित्रा राई)

E-mail Print PDF
AddThis Social Bookmark Button
पवित्रा राई
च्यान्डाँडा /८ खोटाङ
हाल /हङकङ

जंगलै जंसगलको बिच बाटोमा

बाटो हिड्ने बाटुवादेखि घरगाउँले

सबैको बिसाउने ठाटी चौताराहरु थियो

तिर्खाएको बेला पानी पिउनको लागि

त्यहाँ सफा एउटा कुवा थियो

गाउँलेहरु भेला भएर कुवाको वरिपरि

सधै सफा बनाई रहन्थ्यो

कुवाको छेउ छाउको ठाटी चौताराहरु

गोडमेल गरेर बसौ बसौको हुन्थ्यो

जुन बेला गाउँघरमा धाराहरु थिएन

त्यही कुवाको सबैलाई खाँचो थियो

त्यहाँ बटुवाहरुले पानी पिउनको लागि

बाँसको एउटा टोक्री राखेको थियो
 

बिहान भरी घरगाउँको छोरी चेलीहरु पानी भर्नु

लहरै लस्कर लागेको हुन्थ्यो

दिउसो भरी बाटो हिड्ने बटुवाहरु र

गाउँको दाउरे घाँसेहरु पानी पिउन लाईनमा हुन्थ्यो

पात्लेको फेदमा उम्रेको त्यो स्वच्छ पानी

सारै मिठो भन्दै बटुवाहरु गुनगुनाउदै हिड्थ्यो

रहर लाग्दो पात्ले घारी चौतारा ठाटीछेउमा

सबैले ठूलो कुवा भनेर चिन्थ्यो

चैत बैशाखको बेला पनि कहिले नसुक्ने

गाउँले बाटो हिड्ने बटुवा सबैको साँझे कुवा

अहिले त घरघरमै सबैको धारा भयो

त्यसैले पहिलाको साँझे कुवा सबैको हेला छ

पहिला जस्तो बाँसको टोक्री पनि राखिएको छैन

कुवाको वरपर सरसफाई पटकै छैन

त्यो ठाटी चौताराहरु पनि गोडमेल गरेको छैन 

बाटो हिड्ने बाटुवादेखि घरगाउँको दाउरे घाँसे

कसैले त्यो कुवाको पानी पिउनै छाडेकोछ

कुवाको पानी वरीपरी हरियो लेउ पलाउदै

अहिले त पानी फोहोर मैला सरी देखिएको छ

त्यो उकाली ओराली बाटोहरु पनि बाडी पहिरोले

ठूलो ठुलो पहरा जस्तै बनाई दिएकोछ

कुवाको छेउछाउतिर सबै बोट बिरुवाहरु मासेर

पानीको मुहान सुखाउनु लागेकोछ

कुवा भित्रको पर्खाल भरी भरी

नाना थरीको फोहोर मैलाहरु पलाएकोछ

झार पात लहरा लुहुरी जराहरु

पलाएर घिन लाग्दो भएकोछ

अब त कसैले पनि कुवाको पानी

पिउनै छाडेको छ

त्यो ठूलो कुवालाई हेर्नै छाडेको छ

त्यो ठाटी चौताराहरुमा

बटुवाहरु बिसाउनै छाडेको छ

र्साईद त्यो ठाटी चौताराहरु पनि

प्रदेशी जस्तै बिरानो भएर होला

पुरानो भएर होला

थोत्रे भएर होला

कि मानिस जस्तै बुढो भएर होला

अब त सबैले भन्न थालेको होला

लेउ पलाएको कुवा

सफा नभएको कुवा

झार पात पलाएको कुवा

छि छि कति पुरानो कुवा
 
Comments (1)
for you
1 Sunday, 26 June 2011 17:00
raj rai
hi. ma raj rai dharan nepal bata .tapai ko kabita maly ekdam ramro lagyo je hos tapai hong kong ma basera ni hamro nepali sampada ko ra rai ko hamro gojarna gari rahano hudo rahe6 .raj rai .

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)