
रुबेन पुन मगर
बिहुं - ६, दहपानी , बाग्लुङ
लाज घिन चबाउने दाँतको कुरा नगरौ।
आफ्नै आमा नँग्याउने हातको कुरा नगरौ।
कहिले पो घाम लाग्यो र भन्नु हाम्रो देशमा
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौ।
ग्रस्त हुदा गरिबीले नेपाली जन-जीवन नै
खोले छैन डिउरीमा भातको कुरा नगरौ।
को छ यहां गरिबीको मर्म यो बुझ्ने र सोच्ने
जन्ता माथि भा'को विश्वास् घातको कुरा नगरौ।
जुनै जोगी आए पनि उस्तै छ कानै चिरेको
चिल्लो घस्ने मिठा-मिठा बातको कुरा नगरौ।


















