पवित्रा राई
खोटाङ-च्यानडाँडा ८
सेङ सुई-हङकङ
८।४।२०११
खहरेको रुख बिरुवाले मलाई झस्कायो
सधै भन्दा आज कति फरक देखियो
पुरानो सबै बरबरी झरी सक्यो
नयाँ मुनाहरु मुस्कुराउन थाल्यो
कलकलाउदो पातहरुले भन्न थाल्यो
नौलो शन्देशसंगै चैत बैशाख लाग्यो
डाँडा काडाँ पाखाहरु रमणीय भयो
कलिलो त्यो मुनाहरुले आँखै टोलायो
खुसियाली बोकि फेरी नयाँ वर्ष आयो
आफ्नै देशमा गुराँसले बोलाए झै लाग्यो
यतै कतै कोहिलीको रुवाई सुनियो
आफ्नै ठाउँको यादले मनै झस्काई दियो
सिरिरि बताससंगै चराहरुले पनि भाका फेरो
संगै हिड्ने साथीसंगीको यादले सारै सतायो
सिसिरको बिरुवाहरु वशन्तमा परिणत भयो
घरगाउँको सम्झनामा यो मन रुवाई दियो

















