७ नोभेम्वर, जापान। मगर सेवा समिति टोकाई जापान को आयोजना मा दीपावली कार्यक्रम २०१० सम्पन्न भएको छ। जापान को टोयोटा सिटी मा नोभेम्वर ७ तारीख का दिन संस्था का संरक्षक भीजेन्द्रमान पुनमगर को संयोजकत्वमा भएको उक्त कार्यक्रम को सञ्चालन संस्था का महासचिव श्याम रानामगरले गरेका थिए। संस्था का अधक्ष राजू राना मगर को सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली आदिबासी जनजाति महासंघ जापानका केन्द्रिय अधक्ष श्री के.बी. बुढामगर प्रमुख अतिथि थिए भने अतिथिहरुमा नेपाली सेवा समिति जापान, जापान को टोकाई क्षेत्रमा भएका बिभिन्न एकल जातीय संघ संस्था का प्रतिनिधिहरु, उद्योग ब्यवसायीहरु र नेपालीहरु प्रति सदभाव राख्ने जापानी नागरिक हायासी थिए। उक्त कार्यक्रममा संस्थाका सल्लाहकार राज थापामगरले स्वागत मन्तब्य दिएका थिए। कार्यक्रम को उद्घाटन संस्था का महिला सदस्य श्रीमती दुर्गा फगामी मगर र बीरमाया पुन मगर ले गरेका थिए।
सुभकामना दिने क्रममा प्रमुख अतिथि ले दीपावली कार्यक्रम को बारेमा बोल्दै यो पर्व आदिबासी जनजातिले धेरै पहिला देखि मनाउदै आएको पर्ब हो, र मगर जातीको राजा बलिहांगको जीवनी संग संबन्धित रहेको पर्ब हो भन्ने बारेमा प्रस्ट पार्नुभाएको थियो। पहिलो चरणको कार्यक्रम को समापन पछि देउसी भैलो कार्यक्रमका प्रमुख भीजेन्द्रमान पुनमगरलाई संस्था का अधक्ष राजू रानामगर ले पगरी पहिर्याईदिएका थिए। देउसी भैलो खेल्ने क्रममा शमशेर रोकामगर र साईमान रोका मगर मादलमा र गिटारमा राज थापामगर थिए।
संस्थाका सल्लाहकार राज थापामगरनेपाल फर्कने भएकोले उहाँको बिदाई कार्यक्रम पनि रहेको थियो। अन्त्यमा समिति को तर्फ बाट अध्यक्ष राजू रानामगर र सदस्य श्यामलाल बुढामगरले उपस्थित नेपाली तथा बिदेशी चेलीबेटी दीदीबहिनीहरुलाई दान दक्षिणा बितरण गरेका थिए।



















