यामु काउचा '' निश्चल '' मगरचौराहा - १ - बागलुङ
म
रत्नपार्कको गेटमै उभिएको छु
सिमसिम पानी परिरहेछ
घण्टाघरतिर नजर पुर्याउछु
साँझको ६ बज्दैछ
"जाउलाखेल , लगनखेल"
माईक्रोको खलासी चिच्याउछ
"सस्तो सस्तो घडी लिनुस्"
अर्ध बैसे पुरुष भन्छ
"छाता चाहियो दाई ?"
एउती युबती मलाई प्रश्न टक्र्याउँछे
म भन्दा अलि पर उभिएकी
भद्दा श्रूगाँर गरेकी युबतीलाई एउता युबक मोल्छ
"रात भरीको कति ?"
पानीमा निर्थुक्क भिजेकी
मैलो र च्यातिएको कुर्ता लगाएकी बालिका
मसँग पैसा दिन अनुरोध गर्छे
मैले १० रुपया दिन्छु
त्यो १० रुपयाले उनको
भोक , प्यास मेटियो या मेटिएन
खोई ?
अर्ध नग्न युबती नाईटो देखाउदै
आईसक्रिम खाँदै हामीतिर आउँछे
त्यो सानी बालिकाले त्यो युबतीलाई पनि पैसा माग्छे
युबती झर्किदै गाली गर्दै अगाडि बढ्छे
एउता सज्जनले चलाएको कारले किचेर
फुटपाटमा हिंडेको पैदल यात्रु ठहरै हुन्छ
पाँचौ दशक नाघेकी दिदी मलाई सोध्छिन
"पानी पिउने भाई?"
म एक बोतल पानी किनेर पिउँछु
पुरै बोतल पानी पिउँछु
अहँ
पानीको स्वाद नै थाहा पाउँदिन
जिन्दगीको अर्थ
र
पानीको स्वाद
कसैले थाहा पाउनु भएको छ ?


















