HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य अन्तिम अनुभूति (कविता - बज्र कुमार राई)

अन्तिम अनुभूति (कविता - बज्र कुमार राई)

E-mail Print PDF
AddThis Social Bookmark Button
बज्र कुमार राई

जब योजना र कोशिशहरु
भत्कदैं गए \ ढल्दै गए
नाता \ संबन्धहरु
प्रेम \स्नेहहरु
भावाना र साथहरु
अनयास!
छुट्टिदैं गए \ हराउँदै गए
 
यस्तो बेला,
तिमी त पक्कै छौ भनेर
यो उराठ अनुहारमा
तिम्रो ओठको स्पर्स छाम्दा-
दाँतका गहिरा दोबहरु पो भेटें मैले!

होइन-
यो हुदै होइन भनेर
यो दुर्बल छातीमा
तिम्रो अंकमालले रगाडेका
प्रेमानुभूति खोजें-
त्यहाँ त-
पिरिरहेका \ फैलिरहेका
क्यान्सरमय घाउहरु पो भेटें मैले!

यतिबेला त हो नि!
केही मान्छेहरु कुमान्छे भएर
कुल्चदैं हिडें \ थुक्दै हिडें
निर्बाध
मेरा अबिराम लक्ष्य र संभावनाहरु...

शायद म,
योजनाहरु भत्के भनेर
कोशिशहरु ढले भनेर
दुरगामी बिचारहरुबाट
अन्तरात्माको हिम्मतबाट
पुर्णत: नभत्केको हुँदो हुँ
नढलेको हुँदो हुँ

यसैबेला-
तिमी अन्तर्घातको उपहारहरु छाडेर
भविष्यको सपनाबाट
बर्तमानको साथबाट
जिन्दगीको सार्थक सुगन्धबाट
हरायौ

यस्तो लाग्छ-
अब चाहीं म भत्कें
अब चाहीं म ढलें
 
Comments (3)
ramro kavita
1 Tuesday, 07 September 2010 11:00
sabina subba
bajra ji sachai kabita ramro6 hai.tapaiko pragatiko kamana gar6u. यस्तो लाग्छ- अब चाहीं म भत्कें अब चाहीं म ढलें
yestai hun6 nasakda
2 Thursday, 09 September 2010 21:31
Rajesh
mr. bajra afule nasakda ta yestai hun6. jasalai bisaws garin6 ni tyahi hid6 jindagi bata. but don,t worry kohi bina kohi eklo hunna. tapai lai pani milos tyo sath. ma wish gar6u. kabita ramro6.
kavita ramro6
3 Wednesday, 15 September 2010 20:42
nabaraj gurung
bajra sir kavita man maryo.tara sanotino kura ma dhlnu marnu hunna hai.jindagi ma bachnu par6 dherai kura dhkhna lai bhogna lai .tapai lai sadhai shubhakamana 6.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)