यमु "निश्चल" काउछा मगर
जन्मदै टाउको माथि
ॠणको भार
नेपालीको भाग्य
बाध्यता
बिबशता
रहरले
खाडी
मलेसिया
अष्ट्रेलिया
युरोप
अमेरिका जानेको
दिनहु भिड
रोग
भोक
अशिक्ष।
अन्धबिश्वास
कुरितीले
ग्रस्त मेरो देश
युगान्तकारी परिवर्तनको खातिर
सहादत प्राप्त गरेका
सहिदहरुको सपना
समय परिवर्तनसिल छ
हामीहरु परिवर्तन भएनौ
हाम्रो
सोच
आस्था
परिवर्तन भएन
त्यसैले त
हिजो
जहाँ थियौ
आज पनि
त्यही छौ


















