
डीबू मगर
हुन त हुने नै थियो
तर यो त अति भो
उनीहरुको के कुरा
देशको पो दुर्गती भो
देश कता पुग्यो
केही वास्ता छैन
जात्रा देखाउँदैमा यीनलाई
फुर्सद् कहिल्यै छैन
लघु मानवहरुको
लघु चिन्तनवाट
कसरी हुन्छ भनौं
समग्र विकास
संविधान बनाउछौं
भनी कुर्सीमा बस्या'छन्
जनताका पसिना चुसेर
ढ्याउ ढ्याउ गर् याछन्
स्वतन्त्र भएरपनि
परतन्त्री झैं बस्नु पर्ने
स्वाधिन भएरपनि
पराधिन झैं बस्नु पर्ने
सतीले सरापेको भन्छन्
देश बिगार्ने नै भए
अलपत्र हामी भयौं
उनीहरु त साँढे नै भए
बुद्धि त भएकै होलान्
तर बिर्को लागेकाहरु
यस्ताले'नि राजनीति गर्छन् ?
सोमत नभा'काहरु
यी धूर्त ब्वाँसोहरुवाट
देशले कसरी मुक्ति लेला
हामी नेपाली हौं भन्दै
गर्वले कैले बाँच्न देला


















