
बज्र कुमार राई
सपनाहीन यो जीवनमा आश थियौ तिमी
यो संसारमा मेरो निम्ति खास थियौ तिमी
दुई आत्म बिछोडिंदा छातीमाथि हात राखें
ह्रिदयको ढुकढुकीमा बास थियौ तिमी
नसक्दा आफू धान्न प्राणदानी खोजे गरें
प्रत्येक पल चलिरहने सास थियौ तिमी
सुखद क्षणको कल्पनामा आँशु पिउँदै बसें
बिदेशबाट स्वदेश आउँदा लाश थियौ तिमी
घामपानी,भोकतिर्खा के के भोग्यौ कुन्नि
निर्दयीको आदेश सामु दास थियौ तिमी
बीच यात्रामै साथ छाड्यौ अब को छ मेरो
सिउँदो कसम सपनाको रास थियौ तिमी
बिधुवी भै दुनियाँको ब्यंग खेप्दै बाँचेकी छु
अहोभाग्य यो निधारमा अविनाश थियौ तिमी
(जसको त्यो कारुणिक सच्चाईको प्रत्यक्ष साक्षी यी दुई आँखा बनें....
उनै दिदीलाई समर्पित यो गजलरुपी भावानाका हरफहरु.....!!!
अनि श्रद्दान्जलि त्यो सपना खोज्दा खोज्दै देहान्त हुनु भएका दाजुको आत्मलाई!!!)


















