
बज्र कुमार राई
सभासदज्यु! देश \ बिदेश डुल्दै हुनुहुन्छ
गैर जिम्मेवार साँठगाँठमा घुल्दै हुनुहुन्छ
जनता भिखारी झैं बाँच्न विवश छन्
उहाँहरु अर्बौं सिध्याएर फूल्दै हुनुहुन्छ
मिति बढाएरै छाडे तलब-भत्ता राम्रै छ
हेर्नुस् उहाँहरु बैठकमा झुल्दै हुनुहुन्छ
लोकतन्त्रमा उहाँहरुको परिबर्तन हेर्नुहोस्
नब-मुखियाको ढंगले खुल्दै हुनुहुन्छ
देशबिनाको जनता यी दुईबिनाको नेता
दुनियाँमा हुदैंन भन्ने भूल्दै हुनुहुन्छ


















