यामु काउचा "निश्चल" मगर
चौराहा - १ - बागलुङ
सुन्दैछु
उन्यु फुल्दैछ रे
मेरो देशमा
देख्दैछु
जता हेरे पनि
अध्याँरै अध्याँरो
खग्रास ग्रहण लागेछ
मेरो देशमा
लाखौं जनताको
त्याग र बलिदान
सहिदको आत्माले के भन्ला?
फेरी उन्यु फुल्यो भने
कस्को लागि लडयौ हिजो
के का लागि रगत बगायौ ?
कहाँ गए?
समानताका कुरा
कता हराए?
विकास निर्माणका कुरा
के भयो ?
नयाँ नेपाल बनाउने सपना
फेरी
उन्यु फुल्न दिने होईन
सुनगाभा र गुराँस फुलाउनु पर्छ
खडेरी लागेको मेरो देशमा
पहाड, तराई, हिमाल मिली
बर्षा बनी झर्नु पर्छ
उन्यु बगाउदै
फेरी
शान्ति, सदभाब र एकताको
मगमगाँउदो फुल फुलाउनु पर्छ
किनकी
मेरो देशमा
उन्युले शोभा दिदैन

















