
बज्र कुमार राई
मेरो यो शरीरमा खुन जस्तो तिमी
जिन्दगीको अध्याँरोमा जुन जस्तो तिमी
तिमीबिना जिउँनुको कुनै स्वाद छैन
म बाँच्नुको दैनिकीमा नून जस्तो तिमी
विवशताको जाडोले आफैंभित्र कठांग्रिदा
यथार्थमा न्यानो दिने उन जस्तो तिमी
मेरा सारा आशा-भरोशा कालो-मैलो हुँदा
पुन: जीवन रंगाउने चुन जस्तो तिमी
नियतिको चोटैचोटले जीवन भूल्न लाग्दा
इश्वरीय आनन्दको धुन जस्तो तिमी


















जुनकिरीको उज्यालोलाई नै जून सम्झेको होइन
सधैं भन्छु उनीबिना एक्लै जिउँन खल्लो लाग्छ
आज मात्रै दैनिकीको नून सम्झेको होइन
माटोमुनि हुन्थें शायद उनी नभेट्दो हो त-
बल्ल आज तातो दिने उन सम्झेको होइन
टुहुराको कालो भाग्यमा सेतो पोतिन बारबार
आज मात्रै उनको गुणलाई चुन सम्झेको होइन
मेरो संघर्ष आफ्नैलाई ठट्टा-हाँसो भयो आज
मैले तिनै तमासाहरुलाई धून सम्झेको होइन
"निर्मोही" जी को मित्रताको न्यानो शुभारंभ मीठो लाग्यो मलाई।यहाँले मेरो गजलको मूल कथा बस्तुको जडभित्र आफैं अन्तर्निहित भए झैं सुन्दर प्रतिउत्तर गजलबाट नै दिनु भएको पाउँदा सीमा बिभोर भएँ जसको लागि फेरी मैले तपाईंलाई यो गजल तक्रयाएँ। आशा राख्छु पढ्नु हुनेछ-आत्मिक भएर।
मित्रताको लागि साधुबाद!
sabinna ji ra adhoro sathi lai mero dhanyabaad!!!