रीता राई, हाल इस्राएल
अरुलाई प्रकाश छर्ने अनि आँफै झल्ने
उदार मैन बती झै पग्लिएर त हेर
पवित्र अत्माको सिखर भएर
हिमाल झै सधै अग्लिएर त हेर
जीवन बचाउन मात्र जिउनेहरु हो
अनर्थ स्वर्थी मायाको नाश पिऊनेहरु हो
कोमल हृदयमा धोका रुपी बाण सिऊनेहरु हो
मायालाई रमाइलो खेल सम्जि खेल्नेहरु हो
कति सुन्दर र परिवर्तनसिल छ संसार
बतास झै जहाँ सुकै घुमेर सबैलाई त हेर
कति सहज र सरल हुने छ जीवन हेर
गुलफ झै काँडाहरुको बीच फुलेर त हेर
आफैले जन्माएर आफ्नै शरीर खुवाऊने
वत्सल्याकी धनी मकुरी झै भएर त हेर
अमृत झै चोखो माया लगाएर त हेर
एक बारको यो जीवन निस्वार्थ जिएर त हेर


















