दाजु गुरुङ
आसन वेवारिसे भएको छ
धेरै भयो यो आसन अवशानमा पुगे जस्तो भएको
आसनको साँढेले ओगटेको जस्तो
आसन ओगटी वस्ने
पर्वते कान्छो खसे देखि झन
आसन वेवारिसे वनेकेा छ
आसन वोल-कवोलको लागि सडकमा आएको छ
आसन विक्रीमा छ।
सिहाँसन भन्न मिल्दैन होला
मृगासन भन्न पनि मिल्दैन होला
किनकी हरियो वन मान चित्रमा मात्र सीमित छ
त्यसैले त हात थापेर ल्याएको
चर्मासन हो
किनकी चर्मासन पवित्र हुन्छ
देवानुदेव महादेवलाइ पनि
चर्मासन मन पर्छ रे
चर्मासनमा वसे पछि त्रि-नेत्र खुल्छ रे
यस्तो अदभुत जादुमय चर्मासन खाली छ
जो यसमा वस्छ उसको
सात पुस्ता सम्म हेर्ने नेत्र खुल्छ रे
विश्वास नलागे चन्द-सूर्जेलाइ सोधे हुन्छ
सुरही मात्र वोकेर छिरेका कहनैया
त्रि- नेत्र खुले पछि
किन्नरी को सहरा चाहिने भयो
अनि डुङडुङती भीमसेनको वोकाले पनि
नौमती वाजा वजाउने नै भयो
त्यसै पर्वते कान्छेाले मरिहत्ते गरेको हैन।
मरिहत्ते गर्दा पनि नपाइने जादुमय आसन
आज वेवारिसे छ
विक्रीमा छ
वोल-पत्र भरे हुन्छ।
आसन रातो छ
आसन तातो छ
देखेकै हौ -
वनवासवाट शहर पसेका भिल्लहरु
रातो देखेर तातो खान खोज्दा
हाम फालेर भागेर थिए
अहिले पाए हुन्थ्यो भनेर ताउ लाउदैछन
तिरहुते जेठोले के गर्नु
उभिदा आसनले छेलिने डर
वस्दा आसनमा हराउने डर
के गर्नु गोहीको अुशुले कति दिन थेग्छ र।
वोकेको कुकुरले के शिकार गर्छ र।
यसैले त आसन वेवारिसे छ
आसन विकृीमा छ।
मनचिन्ते आसन खाली छ
आसन जाली छ
आसन पाउने मन भए
हात पनि चाहिन्छ
साथ पनि चाहिन्छ
वोल- पत्र हाल्ने भए
कवोलनामा पढेकै हौला
भन हात कस्तो छ
साथ कस्तो छ
दखिनको कालो हात की उत्तरको रातो
पस्चिमको सेतो।
वस्नलाइ साथ चाहिन्छ
उठनलाइ हात चाहिन्छ।
कालो फलाम हुन्छ
फलाम वलियो छ
रातो राम्रो देखिन्छ
के गर्ने क्षितिज पारिको अकासको फलु॥
त्यसैले त काला हातहरु नागले मणि ढाके झै
आासनलाइ विर्ता ठानेर वसेका छन।
वोल पत्रमा हेर्यो होला
एक आसन अनेकौ हात
एक वास अनेकौ साथ
अझ घोत्लिएर निहाली हेर
एक मतिए हात
दुइ मतिए साथ
तीन चार दस पन्ध्र पच्चिस मतिए वात
पाचौ पटक सम्म हराउने लात
मान्छेलाइ उल्लु वनाउने
उल्लुलाइ मान्छे वनाउने
नाच्ने नचाउने साहै जाली
उठदा वस्दा सधै ताली
अपार महिमा गुलियो वात
आसन सधै कुवेरको साथ
के भनौ यस्तो मायवी आसन खाली छ
वेवारिसे आसन विक्रीको लागि खुल्ला छ।


















