HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य यथार्तको धरातल (कविता)

यथार्तको धरातल (कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button
कल्पना तुम्रोक
झापा (हाल, चुङक्वान वो  हङकङ)
 
साइनोको नाताले नबाधिए पनि
बाधिएको थियौ वाचाहरुको बन्धन्ले
तिमी थियौ
म, थिए
र नै यो संसार थियो
जस्तो लाग्थ्यो।
 
ति बन पाखा हरियाली लाग्थ्यो
गगन चुम्बि महल अग्लो थियो।
समुद्रको छालमा लहर थियो
किनकी तिमी थियौ, र म थिए।
 
लाग्थ्यो तिमी नहुदा
यो समुद्रको छालमा
लहर नै छैन
बन पाखा हरीयाली हुने छैन
महल भासीने छ
याहा केहि हुने छैन
किनकी तिमी नहुदा
म, हुने छैन।
 
एक्कासी छायो सन्नाटा
चल्यो आँधि हुरी
बज्रपात भयो वाचामा
खहरेको बाढीले
फालिए एकातिर बगरमा
 
मनको वाटोहरुमा
पाइला खोज्दै हिँडे
आफैलाई खोज्दै भौतारिए
अव तिमी छैनौ
तर.....अव म छु।
 
तितो भएको
ति मिठ्या सपनाहरु भुल्दैछु
वास्तबिक्तासंग
सत्यताको जिवन जिउन सिक्दैछु।
 
आहा याहाँ त
हरियाली वन पाखाको
संरक्षण गर्न बाकिनै रहेछ
महलहरु त अझ
मर्मत गर्नु पर्नेरहेछ
कोशीस गर्दैछु।
 
साच्चै आज मैले सच्चा जिन्दगी पाएकोछु
किनकी आज म, यो संसारको अस्तित्व बुझ्दैछु
संसारमा म हुनुको अर्थ खोज्दैछु
त्यसैले आज वन पाखामा हरियाली छ
समुद्रको छालमा लहर छ
गगनचुम्बि महल अग्लो छ।

किनकी ममा यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ।
 
Comments (3)
namaste
1 Wednesday, 25 August 2010 22:48
punrajin@gmail.com
hello baini tapaiko kabita sarai man pareyo yestai darsau dai janu badhai chha tapailai ma rajin ko tarfa bat kalpana baini
ha haa haaa
2 Wednesday, 25 August 2010 22:57
jaulo
HAINA KAILE DEKHINI KABIKAR?
यथार्तको धरातलमा रहेर बाँच्ने रहर
3 Friday, 27 August 2010 22:25
Hangyug Agyat
Kalpanaji, Kabita ko Samrajje ma Hardik swagat cha. Nirantarta hos ! Hangyug Agyat

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)