कल्पना तुम्रोकझापा (हाल, चुङक्वान वो हङकङ)
साइनोको नाताले नबाधिए पनि
बाधिएको थियौ वाचाहरुको बन्धन्ले
तिमी थियौ
म, थिए
र नै यो संसार थियो
जस्तो लाग्थ्यो।
ति बन पाखा हरियाली लाग्थ्यो
गगन चुम्बि महल अग्लो थियो।
समुद्रको छालमा लहर थियो
किनकी तिमी थियौ, र म थिए।
लाग्थ्यो तिमी नहुदा
यो समुद्रको छालमा
लहर नै छैन
बन पाखा हरीयाली हुने छैन
महल भासीने छ
याहा केहि हुने छैन
किनकी तिमी नहुदा
म, हुने छैन।
एक्कासी छायो सन्नाटा
चल्यो आँधि हुरी
बज्रपात भयो वाचामा
खहरेको बाढीले
फालिए एकातिर बगरमा
मनको वाटोहरुमा
पाइला खोज्दै हिँडे
आफैलाई खोज्दै भौतारिए
अव तिमी छैनौ
तर.....अव म छु।
तितो भएको
ति मिठ्या सपनाहरु भुल्दैछु
वास्तबिक्तासंग
सत्यताको जिवन जिउन सिक्दैछु।
आहा याहाँ त
हरियाली वन पाखाको
संरक्षण गर्न बाकिनै रहेछ
महलहरु त अझ
मर्मत गर्नु पर्नेरहेछ
कोशीस गर्दैछु।
साच्चै आज मैले सच्चा जिन्दगी पाएकोछु
किनकी आज म, यो संसारको अस्तित्व बुझ्दैछु
संसारमा म हुनुको अर्थ खोज्दैछु
त्यसैले आज वन पाखामा हरियाली छ
समुद्रको छालमा लहर छ
गगनचुम्बि महल अग्लो छ।
किनकी ममा यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ।


















