HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य नेपाली युवा आजको आवश्यकता (कविता)

नेपाली युवा आजको आवश्यकता (कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button
सुमित्रा पौडेल
२०१० अगष्त २५।
 
जन्मियौ युवा पवित्र भुमि नेपालको माटोमा । 
टुहुरो बनी लाग्दैछौ बिदेश श्रमको खाचोमा ।। 
उर्बरा भुमि पौरखी हात चुहाउने पसिना । 
रित्यायो आज देशले युवा राजनीतिक खेलमा ।। 

खेल्दैथ्ये बल्छी ती हिजो सम्म आज छन बिदेश । 
दबाइ आशु त्यो आँखा भित्र बाद्य र बिबस ।। 
नसीकाइन् आमा न थियो शिक्षा घोटाउने यी हात । 
चर्केको घाम थर्केको मुटु थाम्दै छन यी आज ।। 
 
गुमायो सारा त्यो हाम्रो देश श्रम र पसिना ।
पत्थरका मुटु फोरेर युवा सफल छन हसाउन ।। 
थर्थरी कमाइ ती टेक्ने गोडा धस्दैछन पौरख । 
तिखार युवा श्रमको हात फोर्नलाई अभ्रख ।। 

बिरको गाथा त्यो तातो रगत नकुल्च युवाले । 
अध्यारो रातमा उज्यालो दियो बाल्नेछ त्यसले ।। 
जाग न जाग हे युवा सक्ती नबनी उदाशी । 
लागेको बादल किनारा पार्ने तिमी हौ साहसी ।। 

ती झुम्रा टाला धोएर पनी जादैन त्यो कालो । 
श्रमको दियो तिमी हौ युवा गराउने उज्यालो ।। 
नदेख तिमी कमलको फुल सागरमा फुलेको । 
हरियो बोट डाडा र काडा आफ्नै छन झुलेको ।। 

रुदैछिन आज उजाड बनी प्रक्रिती बसन्ती । 
पौरखी हात खियाए माटो फल्नेछ असर्फी ।। 
शहर ठुलो आँखाको रमझम गाउ बेशी घमाइलो । 
झुल्केको घाम पिडी र आगन पारीलो रमाइलो ।। 

हे युवा तिमी जागेमा भोली भाबना फिर्नेछ । 
ती अन्धा आँखा खुम्चेको दिल आँफै नै मर्नेछ ।। 
समाइ हात पवित्र दिलले मन्को राग फालेर ।। 
बचाउ युवा जन्मेको माटो बिश निर्मुल पारेर । 

मानब चोला पाइदैन फेरी फर्कन्न जवानी ।। 
नबनाउ देशलाई जलेको माटो आशुको काहानी । 
नसम्झ युवा मोतिको ढिका आज जे पाएछौ ।। 
बिर्सदै कतै त्यो मातृभूमी रमाइ रहेछौ । 

लाखौं छ देशको त्यो जनसक्ती जोगाउने राष्ट्रलाई । 
बलेको दियो आसाको फुल भन्दैछ युवालाई ।। 
घाम र छायाँ बिचमा फुल्ने त्यो मन्को फुलबारी । 
विश्वमा चिनाउ सुन्दर नेपाल चार ढोका उघारी ।।
 
Comments (1)
धन्यबाद
1 Wednesday, 25 August 2010 19:11
सुमित्रा पौडेल चितवन हाल ;;इजरायल
नमस्कार ,Thanks alot Hong kong News Group of Hong kong मेरो रचनालाई मन पराएर यहाँहरुको hongkongnepal.com news मार्फत online बाट जन समक्ष प्रकाशित गरिदिनु भएकोमा हार्दिक धन्यबाद दिन चाहन्छु / आगामी दिनमा पनि हजुरहरुको चाहना भएमा मेरो रचनाहरु हजुरहरु कै साथमा रहनेछ पुन धन्यबाद उत्तरोत्तर प्रगतिको कामना /

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)