HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य नेपाल र नेपालीको गौरब' ''हामी नेपाली'' (कबिता)

नेपाल र नेपालीको गौरब' ''हामी नेपाली'' (कबिता)

E-mail Print PDF
AddThis Social Bookmark Button
सुमित्रा पौडेल
२०१० अगष्त १५,   
 
गौरवान्बित भई भनौ हामी नेपाली 
तराई पहाड मधेश होईन मात्रै नेपाली 
नगर है दोमन त्यसमा छन नी सगरमाथा 
विश्व सामु चिनाउने गौरब र गाथा 

भिर पाखा फुली रहेछ राता गुरासहरु 
दौरा भोटो पहिचान छ नी के चाहिन्छ र ?अरु 
मातृभूमी एउटै हाम्रो हामी नेपाली 
सम्झौ सबले एउटै रगत माया बसाली 
 
नेपाली हौ गर्न पाउु शिर ठाडो हामी 
गोर्खालीका सन्तान सबै हामी नेपाली 
चिनाउ आफ्नो अस्तित्वलाई जहाँ गए पनि 
ढाका टोपी ,चौबन्दी र दौरा चिनो छ नी 
खियाएका हत्केलाका पुर्खाका ती पौरखहरु 
भन्न सकौ बीरताले बढाई हाम्रा गौरब अरु 
गौरवान्बित भई भनौ हामी नेपाली 
तराइ पहाड मधेश होइन मात्रै नेपाली 

गल्ती गर्छौ हामी किन रुवाउँछौ नेपाल आमा 
नदेउ पिडा दु:खाई मुटु विश्वको त्यो सामु 
राष्ट्रियता बोकी हामी पाइला बढाएर 
चिनाउ हामी आफ्नो देशलाई पौरख धसाएर 
बुद्ध जन्मे यही देशमा सिता जन्मिन यहि 
भ्रिकुटीको रङ्ग पनि छ नी जहि तहि 
मातृभूमी एउटै हाम्रो हामी नेपाली 
सम्झौ सबले एउटै रगत माया बसाली 

हिमचुलिका सिखरहरु हासिरहन्छन सधैं 
मयुर नाच्छ कोईली गाउछ त्यहि पाखामा सगै 
कल कल गर्ने छहरा ती विश्वमा नै सुन्दर 
प्रकृतिको देन ठुलो हाम्रो देश नेपाल 
छत्तिस जातको फुलबारिमा एउटै थुङ्गा बनि 
अटाउने सानो संसार हाम्रै गौरब होनी 
नबिगारे बिश हाली यो देशको माटो 
बिशाल बनाइ छाती सबको लिउु सुन्दर बाटो 
गौरवान्बित भई भनौ हामी नेपाली 
तराइ पहाड मधेश होइन मात्रै नेपाली
 
Comments (2)
Great
1 Friday, 07 October 2011 19:21
Hari
Very Nice Gajan. I LIKE IT!!!!!!
I LIKE U&UR THI
2 Thursday, 20 October 2011 02:28
टि.के.थापा
धेरै रामरो बिचार रहेछ सुमित्रा जि तपाईँ को तार

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)