HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य यो दलबहादुरलाई प्रधानमन्त्रीको कूर्सी चाहियो

यो दलबहादुरलाई प्रधानमन्त्रीको कूर्सी चाहियो

E-mail Print PDF
AddThis Social Bookmark Button
दलबहादुर गुरुङ
दोभान, पाल्पा।

यो दलबहादुरलाई प्रधानमन्त्रीको कुर्ची चाहियो 
के दलबहादुरले प्रधानमन्त्री बन्छु भन्नु आठौ आश्चर्यको विषय हो र?
दुई-दुई ठाउँमा चुनाव हार्ने प्रधानमन्त्री बन्छन् भने 
म त चुनावमै भाग नलिएको स्वच्छ छविको मान्छे 
मैले प्रधानमन्त्रीको कूर्सी ताक्नु कुनै अपराध हो र?

प्रधानमन्त्रीका लागि कहाँ दरखास्त हाल्नुपर्ने हो मलाई थाहा छैन 
उतिवेला दरबारबाट प्रधानमन्त्रीका लागि स्वच्छ छविको मान्छे माग्थे 
विचरा हिजो प्रधानमन्त्रीको आवेदन माग्नेले
आज नागार्जुनमा पूख्यौली मान्छे हेरेर दिन काट्दै होलान्
 
म सवैसंग आग्रह गर्छु निवेदन गर्छु सबैको पाउ पर्छु 
म यो देशको प्रधानमन्त्री हुन पाम
कोमल वलीले पोइला जान पाम भन्न पाउँछिन् भने 
मैले प्रधानमन्त्री हुन पाम भन्दा 
आकाशै खस्छ?
कि धर्ती चिरिन्छ? 
 
जुङ्गाको लडाई भएको यो देशमा 
मैले जावो प्रधानमन्त्रीको कुर्सी त मागेको हुँ 
मैले हरिद्वारमा घुम्ने पण्डा राष्ट्रपति मागेको छैन 
दुई-दुईपटक शपथ खानुपर्ने उपराष्ट्रपति मागेको हैन 
त्यही जावो कठपुतली र नालायक प्रधानमन्त्री बन्छु भनेको मात्र त हुँ 
मलाई प्रधानमन्त्रीको कुर्ची नै चाहिन्छ 
धेरै कुरा भन्दिन अरु कुरा जान्दिन 
मुख भन्दा बढी मुड्की चलाउने मान्छे म 
मैले भन्द्या छु

जाबो प्रधानमन्त्री बन्न आमरण अनसन बस्न नपरोस् 
मैले किरिया खाएरै भन्छु प्रधानमन्त्रीको शपथ नखाएसम्म 
मैले अनसन तोड्दिन ज्यान गएनि तोड्दिन 
लौजा जे-जे होला होला प्रधानमन्त्री नभई छोड्दै छोड्दिन 
मेरो अनसन तोड्न नाथे प्रभुहरु आउलान् 
खल्ती खल्तीमा प्रधानमन्त्रीको ललीपप लिएर
खबरदार मैले यही मन्चबाट भन्द्याछु 
प्रभुहरुले त्यस्तो गल्ती नदोहोर्याउन
चावी आफूले राखेर खोक्रो तालारुपी प्रधानमन्त्री बन्नु मलाई छैन

संविधान बनोस् नबनोस् मलाई मतलव छैन 
गाईजात्रे संविधानसभाको मलाई चिन्ता पनि छैन 
मेरो एक सू्त्रीय माग छ 
म प्रधानमन्त्री हुनैपर्छ बन्नैपर्छ 
प्रधानमन्त्री बन्नु मेरो शोख हो भोक हो 
जनतालाई बलिको बोको बनाएरै पनि 
म प्रधानमन्त्री नभई छोड्दिन
 
मेरो मागको सुनुवाई नभए 
मैले चक्काजाम गरिदिन्छु 
नेपाल बन्द गरिदिन्छु 
त्यसैले मैले यही मन्चबाट भन्द्याछु 
अझ कडा कदम चाल्न नपरोस् 
जावो फिस्टे प्रधानमन्त्री बन्न 
यो मेरो घुर्की होइन 
यो मेरो सर्वोच्च निर्णय हो 

तपाइँलाई लाग्ला 
दलबहादुर प्रधानमन्त्री भए के-के गर्ला 
गर्छ हजुर यो गौ प्राणीले भुसुक्कै गर्छ 
चित्रबहादुरको नाक काट्दै 
पृथ्वीनारायणको सिँगो मुलुकलाई १४ चोक्टामा बिलो लाउने छ
नातावाद कृपावादलाई जरैदेखि उखेल्ने छ
आफ्ना साला जेठान मामा भान्जालाई चौध राज्यमा मुख्यमन्त्री बनाउन प्रयास गर्नेछ
 
चौध राज्यमा हुने शुभविवाहमा जन्त नगई अन्त जाने छैन 
सभा समारोह उद्घाटनमा मात्र होइन वर्थडेमा केक काट्न पछि हट्ने छैन
वायुप्रदूषण र जलवायु परिवर्तनलाई रोक्न 
हात्ती चढेर देशाटन गर्ने छ 
हात्तीले धुँवा नफाल्ने भएकोले ओजोनतहमा भ्वाङ पर्ने छैन
त्यसपछि कार्वनको ब्यापार हुने छ
 
छिमेकीले मुलुक मिच्दा टुलुटुलु हेरेर बस्ने छैन 
त्यसैले राष्ट्रिय स्वाधीनताका लागि 
दशगजामा सिस्नुको बार लगाउने छ
कसैले बार नाघेर आएमा
बहादुरीताकासाथ उसलाई ढाकाटोपी पहिर्याइ नेपाली नागरिकता दिइने छ 
जनसेनाहरुलाई नेपाली सेनामा ल्याइनॆ छ र नेपाली सेनालाई जंगलमा पठाइने छ
 
त्यतिमात्र होइन हजुर 
म प्रधानमन्त्री भएँ भने 
जनतालाई राहतस्वरुप
नून र सुनको हल्का भाउ बढाइने छ 
चिनी र चापत्तिको मूल्य चढाइने छ 
मेरो सरकारले लोडसेडिङग सके घटाउनेछ, नसके बढाउनेछ 
 
मेरो मुख्य कर्तव्य जनमत संग्रह हुनेछ 
जनमत सँग्रहमा जनताहरुले भारत वा चीनको पक्षमा मतदान गर्नेछन् 
नागरिक सर्वोच्चता र वहुमतको कदर गर्दै 
मेरो देश कुनै एउटा देशमा मिसिने छ
 
अन्तिममा म
२१ औं शताब्दीको प्रगतिशील लेण्डूप दोर्जे बन्ने छु 
आशा छ 
छिट्टै तपाइँहरुले 
सुनको दरवारमा बस्ने मेरो सुन्दर सपना 
प्रधानमन्त्री बनाएर पूरा गरिदिनु हुनेछ 
त्यसैले यो दलबहादुरलाई प्रधानमन्त्रीको कुर्ची चाहिएको छ।
 
Comments (2)
nice
1 Saturday, 14 August 2010 18:51
soalteemagar
Excellent ,Keep it up !!
kya mitho 6
2 Sunday, 22 August 2010 21:47
Hari
la la dal sir poem ta kya 6. mero wishes 6 hajur mantri bannu hun6 ki ta???

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)