
यामु काउचा निश्चल मगर
सत्ताको मदानी गुमाउन
कम्मर कसेर लागेका
लबस्तरोहरु
नेती छिनेरै हैरान
ए लबस्तरोहरु हो
बाँबियोको नेती बात्
अबेर भो
अबेर भो
रात रहे
अग्रात पलाउछ
मोही मनाउने कहिले ?
घ्यु निकाल्ने कहिले ?
दुनियाँले के भन्ला?
लाज लाग्छ भने
शिर झुक्छ भने
बाँबियोको नेती छिट्टै बातेर
मोही बनाई हाल
घ्यु निकाली हाल
नत्र
दहीमा अउसा पर्नेछ
ए लबस्तरोहरु हो


















