HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य हरिया झिंगाहरु (कबिता)

हरिया झिंगाहरु (कबिता)

E-mail Print PDF
AddThis Social Bookmark Button

यामु काउचा निश्चल मगर

सुन्दर शान्त नेपाल
कुनै दिन थियो होला
आजकल
सधैंको कचिंगल
हरिया झिंगाहरुको
बेमौसमी समागम
छुट्टाउन गार्हो भो
ईस्त्रिलिंग की पुलिंग
 
कर्णालीका जनताका भोका पेट
पेट भरी खाने सपना
काठमान्डौ खाल्डोमा पानीको हाहाकार
मेलम्चीको पानीले प्यास मेटाउने सपना
खोई कैले पूरा होला?

राष्ट्रियताको नारा लगाउनेहरु
स्वाधिनता
माना
पाथी
भर्दै
बेचीरहेछन
रजौटाहरुको नमिठो डकार

हरिया झिंगाहरु
तिमीहरुको कर्म कुण्डली
लेखीदिने जनता नै हुन
जनताको भावनालाई
अनादर गर्दै
खेलवाद गर्दै छौ

शुली चदन तयार हौ
अब मेरो देश बुद्धको देश हुँदैछ
जहाँ कातमार हुने छैन
जहाँ सिनो पाइने छैन
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)