सुमित्रा पौडेल
नकाम्छ हात नडक्छ मुटु कसैको धम्किमा।
समाइ कलम ती मेरा सपना साकार पार्छु म।।
निर्दयी बनि बाच्नु नै किन प्रिथ्बि भार हो।
भएर पनि नदिन सके बाचेको के सार भो।।
खुम्चेका दिल फुकेर जाउन यी मेरा शब्दले।
नरेट गर्धन मर्दैन मान्छे त्यो भुत्ते कर्दले।।
बढाई शाहस अगाडि बढे लिएर अठोट।
बिछोडको बेला मन रोय पनि हासेकै छु म त।।
ढुक ढुकी कहिले बढेर जान्छ खोज्दैछ मायालाई।
बोलेको बोलि पुर्याई छ।ड्छु देखाउछु सबलाई।।
यो आत्मा कहिलै हुँदैन झुटो उब्जेको भाबना।
श्रमको अमृत प्रेमको प्यास मान्छेको चाहना।।
दु:ख सुख बिचको अंुल्य पथ जीबनको ज्योति हो।
सङ्घर्श गरी सबैको साथमा बाच्नु नै जाति हो।।
एकान्त वनमा फुलाई फुल छर्दैछु बासना।
गरुला कुरा म हाँस्दा खेरी तिमी नी हासन।।
नेपाली माटो स्वर्गको किरण प्रेम छ मुटुमा।
गहको आसु दु:खको हासो फुल बनी फुल्छु म।।
सपना भित्र लुकेका फुल हुन बिपना बनाउन।
यो देब्रे हात बढीरहोस् अघि कलम समाउन।।
जे मैले गुच्छु फुलको थुङ्गा पैरहन्छु देशलाई।
नमानी तितो लगाउनुस् गला दिदी र दाजु भाई।।
आनन्द मेरो यहि छ्यण हुन्छ समाउछु म कलम।
सितल दिदै रमाउछ दिल हट्दछ सब जलन।।
भत्केको जीबन उर्लेको भाब हुन्छ रे सागर।
अंुल्य हुन्छ आशुको ढिका पयरमा नपार।।
केहि दिन खोजे जानेको होइन यो आफ्नै भाबना।।
सुतेका सबै नउठे सम्म भन्ने छु जागन ............


















