
बज्र कुमार राई
आउँदै गरेका खुशीहरु टर्ने भयो आज
छातीभित्रै चाहनाहरु मर्ने भयो आज
तिम्रो लागि रातो गुलाब रोपेको'थें मैले
कोपिलामै ति फूलहरु झर्ने भयो आज
पीडा नै प्रिय लाग्छ तिम्रो यादमा भक्कनिंदा
यि आँखाले आँशुको बिष भर्ने भयो आज
भावनाको सुन्दर महल अन्तर्घातले ढलेपछि
यो उदासी मनले डेरा सर्ने भयो आज
स्वार्थी यो शहरमा तिम्रो खुशी नभेटेर
जिन्दगीले सात समुन्द्र तर्ने भयो आज


















