HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य कबिता (यामु काउचा निश्चल मगर)

कबिता (यामु काउचा निश्चल मगर)

E-mail Print PDF
AddThis Social Bookmark Button
यामु काउचा निश्चल मगर
 
मृत्‍युशैयामा थलिएको 
मेरो देश माथि 
किर्ना र जुकाहरु 
सलबलाईरहेछन 
धमिलो पानीमा 
माछा मर्ने दाउमा 
बुर्कुसी मार्नेहरु 
हर्ष उल्लास 
दिपावली 
मनाउदैछन 
मुबारक 
लिदैछन 
दिदैछन
 
अन्धकार शहर 
सुनसान सडक 
भत्केका आस्थाका धरोहर 
स्याल कराएको सुनिन्छ 
-याल कादीरहेका स्यालहरु 
मिथक मैथुन गर्न तम्सिरहेछन 
कुकुरलाई पनि 
कात्तिक आउनु पर्छ 
छि 
यी स्यालहरु 
कही नभएको जात्रा 
नेपालमा
अन्धकार 
गाउघर 
शहर 
ज्योती बाल्दै उठे पछि 
सुनसान सडक जागे पछि 
यो कालो रातलाई चिर्दै 
बिहानी प्रहर प्रारम्भ हुनेछ 
उषाले पङ्ख फिजाउदै 
सुनौलो बिहानी आरम्भ हुने छ
त्यती बेला 
स्यालहरु दुलो भित्र लुकीसकेका हुनेछन्
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)