HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home साहित्य बेबारिसे ढलेका स्तम्भहरु (कबिता)

बेबारिसे ढलेका स्तम्भहरु (कबिता)

E-mail Print PDF
AddThis Social Bookmark Button
यामु काउचा निश्चल मगर
 
बर्सौ देखी बेबारिसे ढलेका 
सिमा स्तम्भहरु 
फेरी उठाउने 
कर्तब्य कस्को?
दायित्व कस्को?
जिम्मेवारी कस्को?
ढलेका स्तम्भहरु भन्छन् 
हामी आफै ढलेका होईनौ 
सुनियोजित तरिकाले 
 
जालझेल गर्दै ढालियो 
पुराना निशानीहरुलाई मेटदै 
फेरी नयाँ भ्रामक बिम्बहरु उभ्याईन्छ 
अझै यो क्रम कहिले सम्म चल्ने हो?
फोहोर साल पारी भएको साँध 
यो साल वारी सर्यो 
अन्याय र अत्याचारले 
सिमा नाघ्यो 
न्याय खोज्न कहाँ जाने?
जिम्मेवारी लिनु पर्नेहरुको 
आँखा छ तर देख्न सक्दैनन 
कान छ तर सुन्न सक्दैनन 
मुख छ तर बोल्न सक्दैनन 
किनकी 
उनीहरु लाचारी छन् 
उनीहरु ढोगी हुन
अब अन्याय र अत्याचारको बिरुद्ध 
बुलन्द आवाज उठाउनु पर्छ 
प्रतिरोधको राँको जलाउनु पर्छ 
वीर गोर्खालीका सन्तती हौ 
खिया लागिसकेको खुकुरी र तरबारमा 
फेरी नयाँ पाईन हालेर धार निकाल्नु पर्छ
 
Comments (1)
ramro chha kawita
1 Wednesday, 28 July 2010 22:40
rajesh
yamu ji tapaiko kawita lekhan shaili ramro chha ajahi nirantar lekhdai janu hos bhanne mero kamana .

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)