HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य मान्छेको जिन्दगी

मान्छेको जिन्दगी

E-mail Print PDF
AddThis Social Bookmark Button
सुमित्रा पौडेल
 
टेक्दै पाइला यस धर्तिमा 
ल्याउछ मान्छे जिन्दगी ,
जन्मदैमा जे लेख्छ भाग्य 
मेटिदैन उसको जिन्दगी 

कमाउछ पैसा अनी 
जोड्डै धेरै सम्पत्तिहरु 
रमाउछ त्यही बिलासितामा 
हेर्दै आफुलाई मात्र भन्छ यही हो जिन्दगी 
 
लिदै हातमा कलम मान्छे 
भर्दै जान्छ कपिहरु ...
त्यही संसारमा रमाउदै उु 
भन्छ यही नै हो जिन्दगी 

समाउदै कुर्चिहरु 
बन्छन अग्रज कोहि कही 
भन्दै देशको मै हुँ 
हाक्छन धेरै पोजहरु 
बिलासी बन्छ उु त्यसैमा 
भन्छ यही हो मेरो जिन्दगी 

खुशी हुँदै त्यही मान्छे 
भुल्दछ मोह महा 
वार्तालाप गर्छ भित्रै 
बनाइ सागर त्यहा 
लादैन भन्छ बतासले 
बाचिन्छ यसैगरी 
भन्छ आँफै खुशी हुँदै 
यही हो मेरो जिन्दगी 

बिर्सियर बाचाहरु 
रमाउछ नशामा त्यो 
देख्दैन अनी बाटोहरु 
भन्छ त्यही मान्छे 
मरेर लानु छैन केही 
बाच्नु छ म यसै गरी

यही नै हो मेरो जिन्दगी 

चुहिन्छन पसिनाहरु 
लगाई फाटेको टालो 
धसिन्छन घाम पानीमा 
मात्रै टार्छन छ।कहरु 
भन्छ बिचरा उु पनि 
यही नै हो मेरो जिन्दगी 

लिएर कोदलो हातमा 
भिरेर खुर्पेटो पनि 
भोक ,निन्द्रा अनी प्यास 
लिएर सधैं साथमा 
भन्छ रमाएछु यसरी नै 
यही हो मेरो जिन्दगी 

दिन्छन ज्ञान त्यागी बनी 
हुन्छन समर्पण ईस्वरमा 
जिबन सम्झन्छन बेर्थ तिनी 
सिकाउदै सभ्यताहरु 
भन्छन सेवा हो जिन्दगी 

धमिराको गोलो जस्तो 
देखिए सुन्दर पनि 
हुँदैन भित्र केही त्यहा 
जान्छ मर्छ १ दिन 
छाडेर सबै चिजहरु 
कल्पनाको संसार हो यो 
यस्तै हो मान्छेको जिन्दगी ......
 
Comments (1)
life
1 Thursday, 08 September 2011 10:49
bhagma chaudhary
ramro cha

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)