यामु काउचा निश्चल मगरकाला कालखन्डहरुलाई चिर्दै
सहमती र सहकार्यको मुल फुटाउदै
१४० बर्से जर्जर जँजिर बुढो रुखलाई
जरै देखी ढालेकै हो
सुनौलो बिहानीमा धराले पाईला टेक्दै
नयाँ ईतिहास रचेकै हो
हातेमालो गर्दै अगाडी बदेका हातहरु
किन छुटे
अब अबिश्वासको खाडल पुर्दै
तिमीहरुले केही ओकल्नु सक्नु पर्छ
केही निल्न सक्नु पर्छ
सहमतीको प्वालमा
बिश्वासको गोटी पिलाउदै
हातमा हात मिलाउदै
यात्रा अझै गर्नु छ
कलंकको टिका मेटाउदै
फेरी एक चोती
ईतिहासको स्वर्णिम पानामा
सुनौलो ईतिहास कोर्नु छ
तिमीहरुले अन्तिम युद्ध जितेको दिन
सारा नेपालीहरुले गर्भका साथ
दिपावली गर्दै उत्सब मनाउने छन्
अनी
नेपाली धर्तीमा
अर्को नबयुगको प्रारम्भ हुने छ
(अबको एक बर्षभित्र संबिधान लेखिएला या नलेखिएला तर यो भुसुनाले अबश्य लेखिने आसामा एउता कबिता कोरे है कमेन्टको आसा सहित)


















