
बज्र कुमार राई
यो शहरसंग
न जन्ती छ, न मलामी छ
सहोदर खुनमा पनि।
यो शहर बेसंस्कार र बेशरम भएको छ।
यो शहर निर्दयी र आत्मघाती भएको छ।
यो शहर
उल्टो गतिमा
दौडदै छ
फैलिंदै छ
भोको समयको विवशता सँगसँगै।
रत्नपार्क
सुन्धारा
अनि, यस्तै भावनाहीन
ठमेलहरु भएर....
जहाँ संमबेदनाबिहीन कविताहरु
बेच्छन्-
संकटग्रस्त,अशुरक्षित
आफ्नो अस्मीता छ्यासछ्यास्ती
एकबट्टा सिगरेटभन्दा सस्तोमा।
यो शहरसँग
प्रेम छैन\समर्पण छैन
विश्वास छैन \ सुवास छैन
जीवनको कुनै आरोहण छैन
यो शहर आमा बेच्ने थाइल्याण्ड भएको छ।
यो शहर नांगो-निर्लज्ज र बलिष्ठ अमेरीका भएको छ।
यो शहरसँग
जानेर जान्न नसकिने
बुझेर बुझ्न नसकिने
देखेर देख्न नसकिने
ठूलो वेवास्ता छ लाचारीको।
भोगाइमा-
बिपन्नलाई यो शहर-
भोकमरीको
सोमालिया
युगाण्डा
सियरालियोन भएको छ।
सम्पन्नलाई यो शहर-
धर्तीमा परी नाँच्ने एक टुक्रा भएको छ।
सपना देख्नेहरुलाई यो शहर-
घाँटी रेटीने अफगानिस्थान,इराक भएको छ।
छोरीको भाग्य खोज्नेहरुलाई यो शहर-
मरुभूमिमा बलात्कारको शिविर भएको छ।
खोइ!
कुन \ कस्तो
राष्ट्र \ राष्ट्रियताको पहिचान खोज्नु
निरीह मान्छेले
दृष्टिकोणको रक्तअल्पताले
थला परेको
अशिष्ट र पुर्वाग्राही
यो शहरसँग।



















yo kabita le sachai nai euta yuba ko bhashna garne haru lai daro jhatari haneko 6a . ra hepiyeka peliyeka haru ko aawaj lai bokeko6.
tapa lai yo yuwa umer ma dekhnu bhayeko satya lai ujagar garne shrijanshil chhemata sadhai milos. yehi kamana gar6u ra antya ma nirantarata ko kamana pani garchhu. gajal haru pani ramro chha tapai.by the way bajra jyu tapai kaha bata lekhnu hun6. hk nai ho ki aru katai hunu hunchha.????milchha bhane tapai ko address lekhnu bhaye ramro hunchha ni . hoina ra???