यामु काउचा निश्चल मगर
यी फोहोरी हिले गिद्धहरु
आजकल
एउटै सिनोको लागि
लुछाचुँडी गरिरहेछन्
हार गुहार गरिरहेछन्
कस्ता अनौठा गिद्धहरु
मिलेर कहिल्यै खान नजानेकाहरु
पाए सम्म एक्लै खान खोज्ने
कस्ता अचम्म स्वभाबका गिद्धहरु
कहिले ध्वाँसका तिखा नङ्ग्राहरु देखाउछन
कहिले अनौठा सपनाहरुको खेती गर्छन्
मेरो देशलाई
सिङापुर बनाउने सपना
स्वीजरल्यान्ड बनाउने सपना
नयाँ नेपाल बनाउने सपना
लाग्छ
यी सपनाहरु
गर्भ मै तुहिन्छ की
यी गिद्धहरु आफ्नै पखेटा छन्
तर
आफ्नो ईच्छा अनुसार उडन सक्दैनन रे
प्रभुको आज्ञा शिरोपर गर्नु पर्छ रे
प्रभुको ईसारामा होईन
आफ्नै बल बुतामा
आफनै पखेटामा उडनु पर्छ
नयाँ नेपाल बनाउने सपना
अब
साकार बनाउन
आजै देखि लाग्नु पर्छ
हिमाल पहाड तराई मिलेर
काँधमा काँध मिलाउनु छ


















