
बज्र कुमार राई
भइसक्यौं धेरै टाढा तर किन आशुँ झरेको होला
तिमी छौ हाँशीखुशी मचाहीं किन रुनु परेको होला
सादा थियो त के भो सदाबहार थियो जिन्दगी
फेरी किन हामीले जानीनजानी रंगहरु छरेको होला
न फल्यो न फूल्यो न त मौलाई रह्यो नै माया
अनि किन हामीले चाहनाका बीउहरु छरेको होला
तिम्रा लागि त ति स्मृतिहरु समयको खेल भयो
तर किन मभने तिनै यादमा हरपल मरेको होला
छुटिनु नै रहेछ त आखिर यही यथार्थको दोबाटोबाट
अनि किन हामीले अनगिन्ती जंघारहरु तरेको होला



















अनि किन हामीले अनगिन्ती जंघारहरु तरेको होला wouuu no words ......