HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य प्रधानमन्त्री नामको फुटबल (कविता)

प्रधानमन्त्री नामको फुटबल (कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button
तुल्सीराज राना मगर
१६ जुलाई २०१० हङकङ ,
 
प्रधानमन्त्री नामको फुटबल 
नेपाल आमाको साँघुरो दैलोमा 
हावा फालेर मज्जाले उफार्दै छन् नेताहरु 
मज्जाले म नियालि रहेको छु 
उक्त खेलको भारतीय रेफ्री 
अनी अमेरिकन लायन्समेनको साथमा 
६०१ जना नयाँ नेपालका सभासद दर्शकहरु ---------------------!
 
 
मैदानमा नाम चलेका नेताहरु 
बाबुराम, प्रचन्ड र बादल लगाएतका खेलाडीहरु
गोल गर्ने उद्देश्यले मैदान छिरेका छन्
मैदानको मध्यभागमा राखिएको
प्रधानमन्त्री नामको फुटबल हत्याउन
खनाल, देउवा, रामचन्द्र र केवी गुरुङहरु 
एकैसाथ मैदानमा छिरेका छन् ---------------------!
 
माधव नेपालले गोल हान्यो की गोल खायो ?
भरखरै मैदान बाट बहिरिएको छ
प्रतेक बर्ष जस्तो हुने प्रधानमन्त्री गोल्डकपमा
भारतिय रेफ्रीको ठुलो हात हुन्छ
अमेरिकन लायन्स मेनको तेसैमा साथ हुन्छ
ईच्छा बिपरितको प्रधानमन्त्री नामको फुटबल
पटक पटक नेपाली जनताले किन हार्नु पर्ने हुन्छ---------------------!
 
यादव, गछद्दार र चौधरी बैकल्पिक खेलाडीहरु
प्यारापिटको नजिकै मैदान प्रवेसको लागी सतर्क छन्
नेपाली राजनीति मैदानमा प्रधान मन्त्री नामको फुटबल
नेताहरु मज्जा मानी मानी हावा फालेर उफार्दै छन्
जनताले तिरेका करको दुरुपयोग गर्दै
प्राडो र पजेरो चढ्नुनै नेताहरुले क्रान्ति सम्झेका छन्
३६५ दिन थप गरेको सम्विधान लेखनको समय सिमा
फेरी प्रधानमन्त्री नामको फुटबल खेल्दै भुल्न थालेका छन्--------------------!
 
Comments (1)
well done
1 Friday, 16 July 2010 18:19
Netra Paharai
Tulsi Jee it is real they always play for Chair not for the nation

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)