
जिउँदो यो लाशलाई ढलाई देउ बरु
चिन्तामा भन्दा चितामा जलाई देउ बरु
न मरीहाल्न सकें न त बाँचेको नै छु
आउ यो भौतिक शरीर बलाई देउ बरु
वर्तमानमा बाटो छैन न भविष्य राम्रो
पलपलको यो लाचारीबाट छलाई देउ बरु
सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ
आउ आँशुमै बिष छरेर चलाई देउ बरु
मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता
भैगो त्यो बहुरुपी माया नलाई देउ बरु


















चिन्तामा भन्दा चितामा जलाई देउ बरु......... anyway very nice ur gajal ......... long time pa6i gajal padne aabasar dinu vayeko ma thankx a lot ..........