
यामु काउचा निश्चल मगर
अर्ध मुर्छित मेरो देश
उत्तानो परेर लम्पसार लडिरहेछ
सडकमा बटुवाहरु अर्ध नग्न हिडिरहेछन
बालुवाटार र सिहदरबारतिर बस्नेहरु
सर्बाङ्ग नाङ्गो बसिरहेछन
छि लाज शरम नै नभएका
मेरो देश रोइरहेछ
आँशु पुछ्नुको सत्ता
टुलु टुलु हेरिरहेछन
अर्ध मुर्छित मेरो देशलाई
भोग्न बैरीहरु तम्तयार देखिन्छन
केही बर्ष देखी हेरिरहेछु
कोही अघि सर्दैनन
देशको अस्मिता जोगाउन
लाग्छ अब
वीर गोर्खालीको जिउमा
तातो रगत होईन
पानी बग्दैछ
देश बचाउने डक्टरहरु
आपसी कलहमा ब्यस्त छन्
देश दुखीरहेछ
उनीहरुलाई कुनै चिन्ता छैन
उफ
कस्ता सन्तान जन्माईन
नेपाल आमाले
आफ्नै आमाको
अस्मिता जोगाउन नसक्ने
अब
ईमान, जमान, लाज,शरम
रहेन क्यार
त्यसैले त
मान्छेहरु आजकल
सर्बाङ्ग नाङ्गो हिडिरहेछन
अर्ध मुर्छित मेरो देश माथि

















