सुमित्रा पौडेल
आशाको दियो बाल्न सिक बिझाउदैन आँखाहरु,
प्रतिछ्यालाई हेर्न सिक टुट्दैनन तिम्रा बाचाहरु।
हिडि रहेको गोरेटोमा लाग्छ ठेस कहिले कहिले,
नगरेर तिरस्कार तिमी खोलेर ढोका पहिले।
त्यस्तै हुनेछन पातहरु जे दिएछौ जरा महा,
रात पछीको दिन जस्तै बिना प्रतिछ्या पाउछौ कहाँ।
राखी देउ सजाएर जती छन ति छायाहरु,
सुगन्ध दिनेछन फुल सरी बढेर माया अरु।
यिनै भाबनाका पलहरु सजाउनु छ यसै गरी,
मन्द मन्द दिदै बास्ना बल्नेछ दियो सरी।
कुरी रहेछ कोही कहाँ तिम्रो त्यो प्रतिछ्यामा,
लिएर हातमा थाली हेर्दैछन जहाँ तहा।
देखेर तिम्रो मुहार उदाउने छन किरणहरु,
बढ्न्ने छन दिलका स्पन्दन कोमल भएर अरु।
नभित्रियोस उजाडिने ती महत्वाकाङ्छ्याहरु,
पुरा हुनेछन अधुरा सपना अनी ती प्रतिछ्याअरु ............


















